ओली पक्षले यसरी एकपक्षीय ढंगले गरेको बोर्ड गठन, विधान संशोधनल’गायतको निर्णयले पार्टीलाई एकताबद्ध बनाउनेभन्दा पनि भत्काउने नेपाल पक्षका सांसद गोकर्ण विष्टले बताए । ‘संसदीय दलसम्बन्धी विधान बनेकै छैन, नबनेको अवस्थामा संशोधन कसरी हुन्छ ? एकपक्षीय बैठकले बोर्ड गठन र विधानको काम हुँदा पार्टी एकतालाई बलियो बनाउँदैन, सही विधि–विधानको अभ्यासले मात्रै पार्टीलाई बलियो बनाउँछ,’ उनले भने । मुख्य सचेतक भट्टराईले विधान संशोधन र बोर्ड गठन नियमित प्रक्रिया भएकाले कुनै आशंका नगर्न आग्रह गरे ।बालुवा’टारमा सम्पन्न नेकपा एमा’लेको संसदीय दल बैठकले गुटगत भेला गर्नेलाई कारबाही गर्ने निर्णय गरेको छ । बैठकले सांसदहरूलाई गुटगत भेलामा नजान सचेत गराउने र पार्टी निर्णय नमान्नेलाई विधानअनुसार कारबाही गर्ने निर्णय गरेको सांसद महेश बस्नेतले जानकारी दिए । ‘संसदीय दलको बैठकले सांसदहरूलाई गुटगत भेलामा नजान सचेत गराउने र अटेर गर्नेलाई विधानअनुसार कारबाही गर्ने निर्णय गरेको छ,’ उनले भने, ‘पार्टीको निर्देशनबाहेक अन्य निर्देशन नमान्न पनि सांसद|हरूलाई सचेत गराउने निर्णय भएको छ ।
प्रतिक्रिया दिनुहोस