काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमै गाडी बनाउने हो भने ट्याक्स सस्तो गर्न सक्ने र सबैलाई सर्वसुलभ रूपमा गाडी चडाउन सकिने भन्दै नेपालमै अटोमोबाइल्स कम्पनी खोल्न उद्योगीहहरुलाई प्रस्ताव गरेका छन् । शुक्रबार साँझ बालुवाटारमा उद्योगी व्यवसायीहरुसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले सबै कुराहरु विदेशबाट आयात गर्दा घाटा परेको, ट्याक्स धेरै परेको बताउँदै नेपालमा अटोमोबाइल्स उद्योग खोल्न आग्रह गरे ।
‘अटोमोबाइल्स यहीँ खोल्नुस, सोचेको भन्दा बढि सुविधा दिइन्छ । अहिले हामीलाई विदेशबाट सबै चिज आयात गर्दा घाटा परेको छ ।’ प्रधानमन्त्री ओलीले १० प्रतिशत डाउनपेमेन्टमा गाडी किन्ने अवस्था सिर्जना भए ट्राफिक जाम के होला ? भदै प्रश्न गरेका छन् । ‘अहिले पनि बाटोमा खाँदाखाँद गाडी छन् । साँच्चै ट्याक्स हल्का गर्ने हो भने १० प्रतिशत डाउनपेमेन्टमा गाडी किन्ने अवस्थामा जसले पनि किन्न सक्छ । उस्तै परे म पनि किन्छु एउटा गाडी । अनि के होला ट्राफिक ?’, उनले भने ।
उनले आफूहरु छोटो समयमा देशको आर्थिक परिचय बदल्न चाहेको बताएका छन् । प्रधानमन्त्री ओलीले सरकारले छोटो अवधिमा पूर्वाधार विकासका काममा थुप्रै काम गरेको पनि बताए । ‘तीन वर्षमा गरेका काम अभूतपूर्व र असाधरण छन् । पूर्वाधार विकासका पक्षमा, सडक निर्माणमा धेरै काम भएका छन्’, उनले भने, ‘हामी गौरवपूर्ण इतिहासलाई आत्मसात् गर्दै आधुनिकताका काम गर्छौं ।’
नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : 123456
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक :सन्तोष तामाङ्ग
प्रधान सम्पादक :भगवती शाही
प्रकाशक :रेशमा शाही
अफिसियल फोटोग्राफर :लक्ष्मण गुरुङ्ग
ग्राफिक डिजाइनर :धरम तामाङ्ग
प्रतिक्रिया दिनुहोस