hotpati logo
  • होमपेज
  • राजधानी पत्र
  • राशिफल
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
आज:  | Fri, 22, Sep, 2023
hotpati logo
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • राशिफल
होमपेज /  समाचार

सर्वोच्चबाट सन्दीपलाई मागेको भन्दा बढी सुविधा

सर्वोच्चबाट सन्दीपलाई मागेको भन्दा बढी सुविधा
February 28, 2023 मा प्रकाशित (६ महिना अघि) अनुमानित पढ्ने समय : ० मिनेट

१५ फागुन, काठमाडौं । सर्वोच्च अदालतले नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई क्रिकेट प्रतियोगितामा भाग लिन विदेश जाने अनुमति दिएको छ । न्यायाधीशहरु सपना प्रधान मल्ल र डा. कुमार चुडालको संयुक्त इजलासले लामिछानेलाई अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन विदेश जान पाउने बाटो खोलिदिएको हो ।

सर्वोच्च अदालतको आदेशमा रहेको व्यहोरा उल्लेख गर्दै प्रवक्ता विमल पौड्यालले भने, ‘क्रिकेटको विश्वकप छनौट प्रतियोगितामा जानुपरेको भन्ने जिकिर रहेकामा सन्दीप लामिछानेलाई क्रिकेट खेल्न विदेश जान दिनू दिलाउनू एवं निजको राहदानी रोक्का भएको भए फुकुवा गरिदिनू भनी सम्बन्धित निकायमा लेखी पठाउनू ।’

यसअघि उच्च अदालत पाटनले विदेश जानुअघि अदालतबाट अनुमति लिनुपर्ने शर्त तोकेको थियो । तर सर्वोच्चले देशभित्र र विदेशमा समेत अन्तर्राष्ट्रिय स्तरको क्रिकेट प्रतिस्पर्धामा भाग लिन जानुपर्ने देखिएको भन्दै सन्दीपलाई विदेश जान अनुमति नै लिनु नपर्ने आदेश दियो ।

आदेशको व्यहोरा उल्लेख गर्दै प्रवक्ता पौड्यालले भने, ‘प्रतिवादी लामिछानेलाई विदेश जान रोक लगाउने गरी उच्च अदालत पाटनले प्रकरण २१ (क) को आदेश मिलेको नदेखिँदा सो हदसम्म बदर गरिदिएको छ ।’

सर्वोच्चले प्रतियोगितामा भाग लिएपछि छिटो उपलब्ध हुने यातायातका साधनबाट फर्केपछि १५ दिनभित्र मुद्दा हेर्ने अदालत (जिल्ला अदालत, काठमाडौं) मा उपस्थित भई जानकारी गराउनुपर्ने आदेश दिएको छ । यो शर्तको पालना नभए विदेश जाने सुविधा समेत फिर्ता हुने उल्लेख गरेको छ ।नाबालिग बलात्कारको आरोपमा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएपछि सन्दीपले उच्च अदालत पाटनमा निवेदन दिएका थिए । उक्त निवेनमा सुनुवाइ गर्दै २८ पुस २०७७ मा उच्च अदालतले लामिछानेलाई विदेश जान नपाउने लगायत शर्त सहित २० लाख रुपैयाँ धरौटीमा छाडेको थियो ।उनलाई पुर्पक्षका लागि थुनामा नै पठाउनुपर्ने भन्दै महान्याधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा निवेदन दिएपछि लामिछाने पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन विदेश जान पाउँ भन्ने माग लिएर बिहीबार सर्वोच्च पुगेका थिए ।
सर्वोच्चले उच्च अदालतको आदेशको सबैजसो व्यहोरा सदर गर्नुका साथै विदेश जान अनुमति मात्र दिएन, विदेशबाट फर्केपछि मात्रै अदालतलाई जानकारी दिए पुग्ने सुविधा पनि दियो । यसरी हेर्दा लामिछानेले जे सुविधा माग गरेर अदालत गएका थिए, त्यो भन्दा बढी सहुलियत पाएको देखिन्छ ।

सर्वोच्चले के लियो आधार ?

फौजदारी मुद्दाको सुनुवाईको सुरुवाती चरणमा घटनाको गम्भीरता हेरी अदालतले आरोपितलाई थुनामा पठाउने, धरौटी माग्ने वा सामान्य तारेखमा छाड्न सक्छ । तल्लो अदालतको आदेश चित्त नबुझेमा मुद्दाको पक्षले माथिल्लो अदालतमा निवेदन दिन पाउँछन् ।

यस्तो अवस्थामा माथिल्लो अदालतले मुद्दाको विषयवस्तुमा प्रवेश नगरी ‘थुनछेक’ को विषयवस्तुमा सीमित रहेर आदेश मिले/नमिलेको परीक्षण गर्छन् । त्यस क्रममा थुनछेक आदेशपछि संकलित प्रमाणहरु हेरिदैन । सर्वोच्च अदालतले भने पीडित ‘गौशाला २६’ माथिको बलात्कारको विषयवस्तुभित्र मात्रै प्रवेश गरेको छैन, थुनछेक आदेशपछि जिल्ला अदालतमा संकलन भएका प्रमाणको समेत विवेचना गरेको छ ।

पीडितले लगाएको आरोप सन्दीपले इन्कार गरेको देखिएको भन्दै सर्वोच्च अदालतले ५ भदौ २०७९ मा दुवैजना नगरकोट घुमेर होटलसम्म आएको तथ्य विवादरहित रहेको औल्याएको छ । तत्काल प्राप्त प्रमाणबाट त्यो रात पीडितमाथि बलात्कार भएको थियो कि थिएन भन्ने विवाद निरुपण गर्नुपर्ने भन्दै आदेशमा केही विषयको विवेचना छ ।

संयुक्त इजलासले पीडितको शारीरिक परीक्षण रिपोर्ट हेर्दा उनको शरीरमा घाउ रहेको स्वीकारेको छ । तर पीडितले दावी गरे पनि बीर्य लगायतको प्रमाण नभेटिएको औंल्याइएको छ । ‘प्रतिवादीको कुनै वीर्ययुक्त तथ्यगत प्रमाण त्यहाँ वारदात हुन सकेको पाइदैन’ आदेशमा भनिएको छ, ‘पीडितको यौनांगमा वीर्य फेला नपरेको भनी प्रहरीको प्रयोगशाला प्रतिवेदनबाट देखिन आउँछ ।’

सर्वोच्च अदालतले आरोपित र पीडित एउटै गाडीमा सहजताका साथ आएको र त्यही शैलीमा बाहिरिएको विवरणलाई महत्व दिँदै सन्दीपलाई थुनामा राख्न आवश्यक नभएको आधारका रुपमा उल्लेख गरेको छ ।

जिल्ला अदालत काठमाडौंमा गौशाला २६ कि होस्टलकी रुममेटको बकपत्रलाई सन्दीपलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेशको औचित्य पुष्टि गर्ने आधार बनाइएको छ । बकपत्रमा पीडितकी रुममेटले सन्दीपलाई भेटेको, नगरकोट गएको, लाइफमा सबैभन्दा खुसीको पल नै हिजो थियो भनेको र भोलिपल्ट सन्दीपको नामको जर्सी ल्याएर हुटिङ गरेको व्यहोरा उल्लेख छ ।

जिल्ला अदालत काठमाडौंमा पीडितको ‘रुममेट’ को बकपत्र थुनछेक आदेशबाट सन्दीप पुर्पक्षका लागि थुनामा पठाइएपछि भएको हो । सामान्यतयाः थुनछेक आदेशअघि पेश भएका प्रमाणका आधारमा मात्रै आरोपितलाई थुनामा पठाउने कि छाड्ने ठीक भन्ने विषयमा बहस गरिन्छ ।

बन्द इजलासमा सन्दीपका कानुन व्यवसायीले गौशाला २६ कि रुममेटको बकपत्रलाई जोडतोडका साथ उठाएपछि सरकारी वकिलले थुनछेक आदेशपछिका विषयमा केन्द्रित हुनु उचित नहुने भन्दै इजलासको ध्यानाकर्षण गराएका थिए । त्यसपछि न्यायाधीशद्वयले ‘मिसिलमा संलग्न कागजात त हेर्न मिल्यो नि’ भनी जवाफ दिएको स्रोतले बतायो । आदेशमा त्यही विवरणलाई समेटेर सन्दीपलाई धरौटीमा छाड्ने आदेश पुष्टि गर्ने आधार बनाइएको छ ।

‘उसले मलाई सुरक्षित साथ छाड्यो’, ‘मैले सन्दीपलाई हिजो अंकमाल गरेँ’ भन्नेजस्ता म्यासेज पीडितको पक्षबाट प्रवाह भएको भन्दै सर्वोच्च अदालतले यी विवरणलाई विश्लेषण गर्दै पीडितको दाबीभन्दा पनि प्रतिवादी लामिछानेको भनाइलाई विश्वास मानेको देखिन्छ ।

‘पीडिता एवं पीडिताका साथीहरुबीच फेसबुक, ह्वाटसएप, स्न्याप च्याटमा पटक पटक म्यासेज भएका उपरोक्त तत्काल प्राप्त प्रमाणका आधार कारणबाट प्रतिवादीलाई थुनामा नै राखी मुद्दाको पुर्पक्ष गर्नुपर्नेसम्मको अवस्था नभई’ त्यसबारे सर्वोच्चको आदेशमा भनिएको छ, ‘….उच्च अदालत पाटनको आदेश प्रकरण २१(क) बाहेकको हदसम्म केही परिवर्तन गर्नु परेन ।’

उच्च अदालतले सन्दीपलाई धरौटीमा छाड्दा फौजदारी न्यायको विधिशास्त्रीय मान्यतामाथि प्रश्न उठ्ने कयौं विवरण उल्लेख गरेको कानुनका जानकारहरुले सार्वजनिक रुपमै बताएका थिए । तर उच्च अदालतको आदेश र विवेचनामाथि समेत सर्वोच्च अदालतले कुनै प्रश्न नउठाई सदर गरेको देखिन्छ ।

‘उच्च अदालत पाटनको आदेश पटक्कै युक्तिसंगत छैन, कानूनको परिधिबाहिर गएर मनोगत व्याख्या भएको थियो’ एक सरकारी वकिलले अनलाइनखबरसँग भने, ‘सन्दीपलाई विदेश जान अनुमति दिनु बरु आपत्तिजनक थिएन । तर उच्च अदालतको आदेशमा कयौं प्रश्न थिए ।’

सर्वोच्च अदालतले बलात्कार मुद्दामा किटानी जाहेरीपछि लामिछानेको क्रियाकलापले अनुसन्धान र तहकिकातमा कुनै प्रभाव नपरेको जिकिर गरेको छ । जाहेरी पर्दा लामिछाने केन्यामा रहेको, त्यसपछि स्वदेश फर्केर अनुसन्धान, तहकिकात र न्यायिक प्रक्रियामा सहयोग गरेको भन्दै सर्वोच्च अदालतले आदेशमा भनेको छ, ‘निज उपर उच्च अदालत पाटनबाट विभिन्न प्रकृतिका निषेधात्मक आदेश भएकामा त्यस्ता आदेश उल्लंघन नगरी सन्तोषजनक रुपमा परिपालना गरेको पनि देखिन्छ ।’

सर्वोच्च अदालतले लामिछाने अन्तर्राष्ट्रिय खेलाडी भएकाले सार्वजनिक चासो रहेको औल्याउदै यो मुद्दा छिटोछरितो विधिबाट निरन्तर सुनुवाई गरी किनारालगाउन पनि आदेश दिएको छ । बन्द इजलासमा सुनुवाई भएको औल्याउदै यो आदेशको प्रतिलिपी मुद्दाका दुई पक्षबाहेक अरुलाई उपलब्ध नगराउन पनि भनिएको छ । ‘यो आदेशको प्रतिलिपी सामाजिक सञ्जालमा समेत अपलोड नगर्नू नगराउनू’ आदेशमा भनिएको छ ।

समाचार बाट थप

  • टाइगर भर्सेस पठानको सुटिङ मार्च २०२४ बाट सुरु हुने टाइगर भर्सेस पठानको सुटिङ मार्च २०२४ बाट सुरु हुने
  • विमान दुर्घटना, १४ जनाको मृत्यु विमान दुर्घटना, १४ जनाको मृत्यु
  • न्यूयोर्क सिटीमा बालेन क्रेज न्यूयोर्क सिटीमा बालेन क्रेज
  • सरकारको पत्रपछि बञ्चरेडाँडामा असोज २० गतेसम्म फोहोरका गाडी नरोकिने सरकारको पत्रपछि बञ्चरेडाँडामा असोज २० गतेसम्म फोहोरका गाडी नरोकिने
  • प्रतिक्रिया दिनुहोस


    फेसबुकमा जोडीनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    आन्दोलनरत चिकित्सक भन्छन् : हामी भगवान होइनौं, विदेश पलायन हुन बाध्य नपार

    आन्दोलनरत चिकित्सक भन्छन् : हामी भगवान होइनौं, विदेश पलायन हुन बाध्य नपार

    टाइगर भर्सेस पठानको सुटिङ मार्च २०२४ बाट सुरु हुने

    टाइगर भर्सेस पठानको सुटिङ मार्च २०२४ बाट सुरु हुने

    विमान दुर्घटना, १४ जनाको मृत्यु

    विमान दुर्घटना, १४ जनाको मृत्यु

    न्यूयोर्क सिटीमा बालेन क्रेज

    न्यूयोर्क सिटीमा बालेन क्रेज

    सरकारको पत्रपछि बञ्चरेडाँडामा असोज २० गतेसम्म फोहोरका गाडी नरोकिने

    सरकारको पत्रपछि बञ्चरेडाँडामा असोज २० गतेसम्म फोहोरका गाडी नरोकिने

    सामूहिक हत्या प्रकरण : प्रहरीले समन्वय नगरी शव पोष्टमार्टम गर्न पठाएको आफन्तको गुनासो

    सामूहिक हत्या प्रकरण : प्रहरीले समन्वय नगरी शव पोष्टमार्टम गर्न पठाएको आफन्तको गुनासो

    राजधानीमै सामूहिक हत्या कसरी भयो ?

    राजधानीमै सामूहिक हत्या कसरी भयो ?

    एसिया कपको उपाधिका लागि आज भारत र श्रीलंका भिड्दै

    एसिया कपको उपाधिका लागि आज भारत र श्रीलंका भिड्दै

    टाइगर भर्सेस पठानको सुटिङ मार्च २०२४ बाट सुरु हुने

    टाइगर भर्सेस पठानको सुटिङ मार्च २०२४ बाट सुरु हुने

    विमान दुर्घटना, १४ जनाको मृत्यु

    विमान दुर्घटना, १४ जनाको मृत्यु

    न्यूयोर्क सिटीमा बालेन क्रेज

    न्यूयोर्क सिटीमा बालेन क्रेज

    सरकारको पत्रपछि बञ्चरेडाँडामा असोज २० गतेसम्म फोहोरका गाडी नरोकिने

    सरकारको पत्रपछि बञ्चरेडाँडामा असोज २० गतेसम्म फोहोरका गाडी नरोकिने

    सामूहिक हत्या प्रकरण : प्रहरीले समन्वय नगरी शव पोष्टमार्टम गर्न पठाएको आफन्तको गुनासो

    सामूहिक हत्या प्रकरण : प्रहरीले समन्वय नगरी शव पोष्टमार्टम गर्न पठाएको आफन्तको गुनासो

    दाजुबहिनी जहिल्यै दिउँसो कोठाभित्र चुक्कुल लगाए बस्थे सुरुमा वास्ता गरिन त्यसपछि भन्दै आमाले खुलाइन यस्तो रहस्य (भिडियो सहित)

    दाजुबहिनी जहिल्यै दिउँसो कोठाभित्र चुक्कुल लगाए बस्थे सुरुमा वास्ता गरिन त्यसपछि भन्दै आमाले खुलाइन यस्तो रहस्य (भिडियो सहित)

    १० बुँदे सहमतिप्रति नेपाल समूहमा किन यस्तो भयो ?

    १० बुँदे सहमतिप्रति नेपाल समूहमा किन यस्तो भयो ?

    नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाली शेयर बजारमा इतिहास रच्ने पक्का ! कारण यस्तो

    नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाली शेयर बजारमा इतिहास रच्ने पक्का ! कारण यस्तो

    नि’र्मला प’न्तको ह’त्या’रा चि’तवन बाट प’क्राउ हेर्नुहोस ! यस कार’ण मा’रेको स्वी’कारे ।।

    नि’र्मला प’न्तको ह’त्या’रा चि’तवन बाट प’क्राउ हेर्नुहोस ! यस कार’ण मा’रेको स्वी’कारे ।।

    ओलीलाई राजीनामा दिन वामदेवले  यसकारण भने

    ओलीलाई राजीनामा दिन वामदेवले यसकारण भने

    शर्मिला वाईबा लाई ऋषिले कान्छी श्रीमतीमा स्विकारे! एलिजा डिभोर्स दिने ।

    शर्मिला वाईबा लाई ऋषिले कान्छी श्रीमतीमा स्विकारे! एलिजा डिभोर्स दिने ।

    अस्पतालमा पोस्ट-मार्टम गर्न लगिएको श’व चिया पिउँदै गरेको भेटिएपछि…

    अस्पतालमा पोस्ट-मार्टम गर्न लगिएको श’व चिया पिउँदै गरेको भेटिएपछि…

    तल्लो जातको केटासँग लागेको भन्दै आमाले गरिन् छोरीको ह’त्या

    तल्लो जातको केटासँग लागेको भन्दै आमाले गरिन् छोरीको ह’त्या

    समाचार
    टाइगर भर्सेस पठानको सुटिङ मार्च २०२४ बाट सुरु हुने

    टाइगर भर्सेस पठानको सुटिङ मार्च २०२४ बाट सुरु हुने

    विमान दुर्घटना, १४ जनाको मृत्यु

    विमान दुर्घटना, १४ जनाको मृत्यु

    न्यूयोर्क सिटीमा बालेन क्रेज

    न्यूयोर्क सिटीमा बालेन क्रेज

    सरकारको पत्रपछि बञ्चरेडाँडामा असोज २० गतेसम्म फोहोरका गाडी नरोकिने

    सरकारको पत्रपछि बञ्चरेडाँडामा असोज २० गतेसम्म फोहोरका गाडी नरोकिने

    सामूहिक हत्या प्रकरण : प्रहरीले समन्वय नगरी शव पोष्टमार्टम गर्न पठाएको आफन्तको गुनासो

    सामूहिक हत्या प्रकरण : प्रहरीले समन्वय नगरी शव पोष्टमार्टम गर्न पठाएको आफन्तको गुनासो

    hotpati logo footer

    xyz द्वारा संचालित

    नेपाल

    ईमेल: rajdhanipatra@gmail.com

    कार्यालय फोन : 123456

    स्थायी लेखा नम्बर : xxxxxxxxx

    कम्पनी दर्ता नम्बर : xxxxxxx

    हाम्रो टीम


    अधक्ष्य/संचालक :सन्तोष तामाङ्ग

    प्रधान सम्पादक :भगवती शाही

    प्रकाशक :रेशमा शाही

    अफिसियल फोटोग्राफर :लक्ष्मण गुरुङ्ग

    ग्राफिक डिजाइनर :धरम तामाङ्ग


    साईट नेगीभेसन

    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • परदेशीका कुरा
    • राजधानी पत्र
    • बिजनेश
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • हाम्रो समाजमा
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो
    • राजनीति
    राजधानी पत्र बिज्ञापन सम्पर्क Privacy Policy प्रयोगका सर्त हाम्रो टीम हाम्रो बारेमा © Copyright Rajdhani Patra
    ↑