नेपालमा कोरो’नाभाइरस कोभिड—१९ सं’क्रमितको संख्या ह्वात्तै बढेपछि सरकारले बिरामीको उपचार गर्न नसक्ने भन्दै हात उठाएको छ । नागरिकको अभिभावक भनिने सरकारले नै हात उठाएर आत्मसमर्पण गरेपछि अब सर्वसाधारण नागरिकको जीवन ‘भाग्य भरोसा’ मा रहन पुगेको छ । शुक्रबार स्वास्थ्य मन्त्रालयले सार्वजनिक अपिल जारी गर्दै काठमाडौं उपत्यका लगायतका १७ जिल्लामा कोरोना सं’क्रमण उच्च गतिमा फैलिरहेको र अस्पतालहरुमा बिरामीका लागि शैय्याले धान्न छाडेकाले नागरिक आफैं सचेत र सर्तक हुन भनेको छ ।
स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी सं’क्रमण बढेकाले अस्पतालमा राखेर हेरचाह गर्न अस्पताल शैय्या उपलब्ध गराउन नसकिने भइसकेको छ’, स्वास्थ्य मन्त्रालयले शुक्रबार जारी गरेको अपिलमा भनिएको छ । सरकारको यस्तो अपिललाई सरोकारवालाहरूले गैरजिम्मेवारपूर्ण अभि’व्यक्ति भन्दै फिर्ता लिन सुझाव दिएका छन् । सरकारले नै यसरी हात झिकेपछि सर्वसाधारण नागरिकको जीवनरक्षा गर्ने दायित्व कसको हो र कसको भरोसामा महामारीसँग लड्ने ।
भन्ने गम्भीर प्रश्न उब्जिएको छ जनस्वास्थ्यविद् बताउँछन् ।सरकारले मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुष, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलबस्तु, सुर्खेत, कैलाली, कञ्चनपुरलाई अति प्रभावित जिल्लाका रुपमा घोषणा गरेको छ । गएको २४ घण्टामा को’रोना सं’क्रमणको दोस्रो लहरमा सबैभन्दा ५ हजार ७२७ जनामा सं’क्रमण पुष्टि भएको छ भने ३३ जनाको मृ’त्यु भएको मन्त्रालयले जनाएको छ ।
शुक्रबार १५ हजार ३९१ जनामा पीसीआर, ५ सय २५ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो ।काठमाडौं उपत्यकामा मात्रै २४ घण्टा २ हजार ९५६ सं’क्रमित थपिएका छन् । यससँगै देशभर को’रोना सं’क्रमितको कुल संख्या ३ लाख २३ हजार १८७ पुगेको छ ।सं’क्रमणको बढ्दो दर देखेर सरकार आत्तिएको स्वास्थ्य मन्त्रालयको विज्ञप्तिबाट प्रष्ट हुन्छ ।
स्रोत ; रातो पाटि
नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : 123456
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक :सन्तोष तामाङ्ग
प्रधान सम्पादक :भगवती शाही
प्रकाशक :रेशमा शाही
अफिसियल फोटोग्राफर :लक्ष्मण गुरुङ्ग
ग्राफिक डिजाइनर :धरम तामाङ्ग
प्रतिक्रिया दिनुहोस