नेकपा एमालेका नेता वामदेव गौतमले आफूबाट गल्ती कमजोरी भएको स्वीकार्दै त्यसप्रति आत्मालोचना गर्ने बताएका छन् । उनले श्रमजीवीवर्गका नेताहरुले सत्तास्वार्थ प्रेरित क्रियाकलाप गर्दा श्रमजीवीवर्गीय आन्दोलनलाई छिया छिया भएको उल्लेख यस्तो क्रियाकलाप रोक्न नसकिए प्रतिगमन प्रतिस्थापित हुने बताएका छन् ।
अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा एक शुभकामना वक्तव्य जारी गर्दै गौतमले आजको दिन कम्युनिस्ट आन्दोलनमा लागेका हामी सबै नेता–कार्यकर्ताले आफ्नो गल्ती कमजोरी प्रति आत्मआलोचित हुँदै नेपाली कम्युनिस्ट आन्दोलनलाई पुनः एकतावद्ध गर्छौ भनेर प्रतिबद्धता व्यक्त गर्ने दिन भएको उल्लेख गरेका छन् ।
भनेका छन्, ‘मबाट पनि यसबीच केही कमजोरी र गल्ति भएका छन्। आफ्ना गल्ति र कमजोरीप्रति आत्मआलोचित छु । तिनलाई सच्याउन लागि परेको पनि छु। भविष्यमा सबै तथ्यहरु क्रमशः स्पष्ट हुँदै जाने छन्।’उनले अगाडि भनेका छन्, ‘अहिले श्रमजीवीवर्गका नेताहरुले सत्तास्वार्थ प्रेरित ।
क्रियाकलापबाट श्रमजीवीवर्गीय आन्दोलनलाई छियाछिया वनाइ रहेकाछन् । यस्तो क्रियाकलाप रोक्न सकिएन भने प्रतिगमन प्रतिस्थापित हुने छ। ऐतिहासिक उपलब्धि समाप्त हुने छन् र नेपालीको उज्ज्वल भविष्य जोडिएको संवृद्ध समाजवादमा पचासौं बर्षसम्म पर्दा लाग्नेछ ।
स्रोत ; रातो पाटि
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस