लुम्बिनी प्रदेश नेकपा एमाले संसदीय दलको बैठकले मुख्यमन्त्रीमा पार्टीमा दावी पेश गरेको पत्र प्रदेश प्रमुखलाई पठाउने निर्णय गरेको छ ।
एमाले संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री शंकर पोखरेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएलगत्तै बसेको संसदीय दलको बैठकले मुख्यमन्त्रीमा पुनः दावी पेश गर्ने निर्णय गरेको हो । नेकपा एमाले प्रदेश संसदीय दलको बैठकले पुन मुख्यमन्त्रीमा एकल बहुमतको सरकार बनाउने दावी पेश गर्ने निर्णय गरेको छ ।
दावी पेश गरेको पत्र प्रदेश प्रमुखलाई पठाइसकिएको छ’, नेकपा एमालेका सांसद बैजनाथ चौधरीले रातोपाटीसँग भने, ‘प्रदेश प्रमुखले संविधान अनुसार आजै नयाँ सरकार गठनका लागि आह्वान गर्नुहुन्छ र सम्भव त आजै प्रक्रिया मुख्यमन्त्रीले सपथ लिनुहुनेछ । एमाले लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले पनि संसदीय दलले मुख्यमन्त्री शंकर पोखरेलकै नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय भएको बताए । उनले संविधानको धारा १६८ को १ अनुसार एकल सरकार गठन गर्नको राजीनामा आएको रातोपाटीलाई बताए ।
लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन पूर्वनिर्धारित समयमै आज दिउँसो १ बजेबाट सुरु हुने भएको छ । लुम्बिनी प्रदेश सचिव दुर्भककुमार पुन मगरले मुख्यमन्त्री राजीनामा दिए पनि बैठक बस्ने तर अविश्वासको प्रस्तावको विषय चाहिँ टुङ्गिएको बताए । उनले आज प्रदेशसभाको बैठकमा मुख्यमन्त्रीको राजीनामा पत्र सुनाउने कार्यसूची रहेको बताए । स अघि मुख्यमन्त्रीविरुद्ध प्रदेशसभा सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्ताव बैठकमा पेश हुने कार्यसूची रहेको थियो ।
वैशाख ६ गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीका ४१ सांसदले हस्ताक्षर गरेर प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । अविश्वासको प्रस्ताव दर्ता गरेसँगै प्रदेश सभाको विशेष अधिवेशन बोलाउन उनीहरुले समावेदन गरेका थिए । तर आज मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि राजनीतिले अर्को मोड लिएको हो ।
स्रोत ; रातो पाटि
नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : 123456
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक :सन्तोष तामाङ्ग
प्रधान सम्पादक :भगवती शाही
प्रकाशक :रेशमा शाही
अफिसियल फोटोग्राफर :लक्ष्मण गुरुङ्ग
ग्राफिक डिजाइनर :धरम तामाङ्ग
प्रतिक्रिया दिनुहोस