नेपालले भारतीय उर्जा एक्सचेन्जसँग सेयर कारोबार गरेजस्तै गरी विद्युत कारोबार गर्न थालेको छ । नेपालले भारतीय उर्जा एक्सचेन्ज बजारमा विद्युत व्यापारका लागि प्रवेश पाएसँगै विडिङ सिस्टमबाट सस्तोमा विद्युत आयात गर्ने बाटो खुलेको हो । हरेक १५ मिनेटमा बिजुलीको दर फरक हुनेछ । १५ मिनेटको एउटा स्लट हुन्छ । यस आधारमा २४ घण्टामा ९६ वटा स्लट हुन्छ । स्लट नै पिच्छे मूल्य फरक पर्न जाने प्राधिकरणका प्रवक्ता मदन तिमल्सिना बताउँछन् । नेपाल विद्युत प्राधिकरणले भारतीय ऊर्जा बजारबाट प्रतिस्पर्धी दरमा सोझै विद्युत खरिद गर्न शनिबारबाटै सुरु गरेको छ । शनिबारको भन्दा आइतबारको बिजुली प्राधिकरणले सस्तोमा पाएको छ ।
प्राधिकरणले आइतबार प्रतियुनिट ३ रुपैयाँ ५१ पैसा भारुमा खरिद गर्न लागेको हो । प्राधिकरणले आइतबार ३ रुपैयाँ ५१ पैसा भारुमा ४ हजार ५० मेगावाट आवर विजुली लिनेछ । शनिबार ५ हजार १ सय ५० मेगावाट आवर विजुली ३ रुपैयाँ ८१ पैसा भारुमा खरिद गरेको थियो । भारतीय ऊर्जा एक्सचेन्ज बजारबाट खरिद गरेको बिजुली ढल्केबर–मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत् आयात हुनेछ । प्रवक्ता तिमल्सिनाका अनुसार आइतबार भारतमा सार्वजनिक बिदा भएकाले आन्तरिक बजारमा विद्युत माग कम भइ नेपालले सस्तोमा बिजुली पाएको हो ।
उनी भन्छन, ‘राति १२ बजेको लागि हरेक दिन साँझ ६ बजेसम्म अनलाइनबाट बिडिङ गर्ने र सेयर कारोबार गरेजस्तै फरक मूल्यमा विद्युत पाइने छ ।’ भारतबाट पहिला दुइवटा मोडालिटिमा विजुली आउँथ्यो भने योसहित अब तीन वटा मोडालिटीबाट विद्युत आयात हुन्छ । पावर ट्रेडिङ, पावर एक्सचेन्ज र स—साना पावरको विद्युत विभिन्न नाकाबाट आउने गरेको छ ।नेपालले यस अघि ढल्केबर प्रसारण लाइनबाट ४ रुपैयाँ १८ पैसा भारुमा विद्युत खरिद गर्दै आएको थियो ।अहिलेसम्म भारतीय सरकारी कम्पनी एनभीभीएनसँग ४ रुपैयाँ १८ पैसा भारुमा प्रति युनिट विजुली किनिरहेको नेपालले ठुलो रकम विद्युत आयातका लागि भारत पठाउँदै आएको छ ।
स्रोत ; रातो पाटि
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस