काठमाडौँ । २१ औं शताब्दीमा पनि गाउँका धेरै कुना द’यनीय अवस्था मा छन् । बैतडी जिल्लामा अझै धेरै पिडा लुकेको देखिन्छ । कसैको वृद्द अबस्थामा समेत नेपाली नागरिकता बनेको छैन भने कसैले एक ढिक्को नुनको खान नपाएर त’ड्पिनुपरेको कुरा यथार्थ छ । भनिन्छ नेपालमा सरकार छ, यदि त्यसो हो भने के बैतडी जिल्ला नेपाल बाहिर पर्छ र ? यसको अर्थ नेपालमा यदि सरकार छ भने समाजमा लुकेका दु:ख पि’डाहरुमा किन सरकार मलम पट्टी लगाउन सकिरहेको छैन ? कति बालबालिकाहरु असहा:य छन भने कति १ गास खाना खान नपाई भोकै बस्नु परेको अबस्था जिवितै छ । न त् सरकार आफु त्यो ठाउमा पुग्न सकिरहेको छ न त् सम्मान स्वोरुप हौसलानै दिन सकिरहेको छ । आखिर किन त् ? बिगत लामो समय देखि समाजमा निस्वार्थ सेवा गर्दै आइरहेका एक स्वतंत्र समाज प्रेमी महेश चन्दले आफ्ना सुख दु:खका कुरा उल्लेख गरेका छन् जस्ताको त्यस्तै :
नमस्ते मेरो नाम महेश चन्द, बैतडी जिल्ला मा एक स्वतंत्र समाज प्रेमी , विगत यस जिल्ला का लगभग आधा भूभाग मा मैले समाज मा बालबालिका , बेसाहारा टुहुरा बालबालिका हरुको अवस्था जान्न र सक्दो सहयोग तथा पहल चल्न यात्रा गर्ने सुरुवात गरे र मैले सुरु मा टुहुरा बालबालिका हरु को लागी अभियान चाले २ महिना जति सहयोगी महानुभाव हरुले गरेको सहयोग बाट पहल राम्रै भयो मैले उक्त सहयोग को पारदर्शिता होस् भनेर सामाजिक सञ्जाल बाट पनि लेख्न थाले त्यसपछि म जसरी अघि अघि अलिकति अनुभव लिंदै गए मलाई विभिन्न ठाउँ बाट तथा म बस्ने नगरपालिका भन्दा बाहिर बाट समेत एकदमै समस्या भएका घर परिवार हरु जस्तै बैतडी कै सुर्नया गाउँपालिका मा एक घर को अवस्था – ३ साना साना बालबालिका र उनको घर मा मात्र एक आमा ७० वर्षिय परिवार को आर्थिक अवस्था एकदमै न्यून भन्दा नी हुन्छ त्यस्तै बैतडी कै दशरथ चन्द नगरपालिका मा एक एकल ७२ वर्षिय आमा जूनको न त श्रीमान छन् न छोराछोरी तर असल दुःख उनको – यति उमेर पुग्दा पनि आफ्नो नेपाली नागरिकता नै बनेको छैन ? कसले बनाइदिने हामीले सक्दो पहल को कोसिस गर्यौ तर स्थानिय तह को नियम अनुसार बाहिर को व्यक्ति को गवाही नमानिने , ? यी स्वयं मैले भोगेको सत्य हो अझै धेरै छन् मेरो अभियान को सिलसिला मा आएका यस्ता दर्दनाक विषय हरु । मेरो असल विषय – गाउँ ठाउँ हरेक टोल नजीक सरकार को दृष्टि पुगोस् भनेर स्थानिय तह बनाइए हरेक वडा मा वडा अध्यक्ष संग थप ४ जना जनप्रतिनिधि हरू समेत चुनिए तर धेरै ठाउँ मा अझै हालत एकदमै खराब छ। मैले यो लेख लेख्नु को असल कारण यही हो कि हामी कुनै सरकार मा कार्यरत अथवा कुनै संस्था को पद मा नभएर हाम्रो अगाडि सम्म पटक्कै पहुंच छैन र समाज स्तर मा गरिने धेरै सामाजिक कार्य मा हामी चाहेर पनि आफ्नो योगदान दिन सकिरहेका छैनौ मेरो बिनम्र आग्रह छ सरकार संग हरेक वडा मा स्थानिय तहत हरुमा जनप्रतिनिधि हरु बाहेक एक अलग्गै टिम गठित गरियोस् बरु त्यसको लागि जुन उपयुक्त छ उनलाई समावेस गरियोस् जूनले अति आवश्यक परेको खण्ड मा यस्ता दयनीय अवस्था भएका घर परिवार , टुहुरा बालबालिका हरुको अवस्था बारे छिटो भन्दा छिटो खोज गरी उनीहरुलाई सहयोग ले मात्र हुँदैन बरु सो क्षेत्र मा कार्य गर्ने राम्रा संस्था माझ उनलाई सबै प्रक्रिया पूरा गरेर पुर्याउन मा ठूलो मदत मिल्ने थियो , आज स्वयं म करीब २_३ ठाउँ मा यस्ता टुहुरा बालबालिका का लागि कदम त चाल्छु तर पहुंच नहुना ले म फेल हुन्छु त्यो म फेल हुनु होइन बरु देश का भविष्य ती साना साना बालबालिका हरुको जीवन फेरि अन्धकार मा धकेल्नु हो , मलाई पूर्ण आशा छ यो सकारत्मक विषय प्रती ध्यानकर्षण हुन्छ भन्ने ।
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस