विश्व दूरसञ्चार दिवसको अवसर पारेर नेपाल टेलिकमले आजबाट फोरजीमा आधारित भ्वाइस ओभर (भिओ) एलटिई सेवाको परीक्षण सुरु गरेको छ । यो सेवाबाट फोरजी मोबाइलमा हाई डेफिनेसन (एचडी) भ्वाइससहित ग्राहकहरुले सेवामा गुणस्तर थपिएको महसुस गर्न सक्ने नेपाल टेलिकमले जनाएको छ । टेलिकमको यो सेवा प्राप्त गर्न तपाईंको मोबाइल भिओ एलटीई सपोर्ट गर्ने खालको हुनुपर्छ ।
भिओ एलटिई सेवा प्राप्त गर्न मोबाइलमा *४४४#डायल गर्नुपर्छ । त्यसपछि आउने निर्देशनअनुसार यो सेवा एक्टिभ गराउन सकिन्छ । त्यसपछि मोबाइलको सेटिङमा गएर भिओ एलटिई कल फर एनटिसी सिम समेत इनेबल गर्नुपर्छ ।यो प्रक्रिया पूरा गरेपछि तपाईंको मोबाइल सेटमा भिओ एलटिई एक्टिभ रहेको संकेत देखापर्छ । त्यसपछि *१११# डायल भयो भने भ्वाइस ओभर (भिओ) एलटिई सेवा उपयोग गर्न सकिन्छ ।
यो एकपटक एक्टिभ भएपछि २८ दिनसम्म जम्मा १०० मिनेट निःशुल्क सेवा प्राप्त गर्न सकिन्छ ।नेपाल टेलिकमका अनुसार प्रिपेड र पोस्टपेड दुवै प्रकारका सिममा भिओ एलटिई सेवा प्राप्त हुन्छ । तर यो सेवा सपोर्ट गर्ने÷नगर्ने भन्ने कुरा तपाईंको मोबाइल सेटमा भर पर्छ।हाललाई सामसुङ, शाओमी र नोकिया ब्राण्डका निश्चित मोडेलहरुमा यो सेवा उपलब्ध छ ।
स्रोत ; अनलाइन खबर
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस