सुनसरी / ताप्लेजुङ जिल्लाको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन क्यामरा उडाउन बन्देज गरिएको छ ।
सुरक्षा संवेदनशीलता मध्यनजर गर्दै बिना अनुमति पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन क्यामराबाट तस्बिर तथा दृश्य सामग्री उत्पादन गर्न र धार्मिक तथा सांस्कृति सम्पदा, सुरक्षा संवेदनशील स्थान र हवाई मार्गमा असर गर्न तथा व्यक्तिगत गोपनीयतामा असर पर्ने भएकाले पाथीभरा क्षेत्र विकास समितिले सम्बन्धित निकायको अनुमति बेगर पाथीभरा क्षेत्रमा ड्रोन क्यामरा उडाउन नपाउने पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।
समितिले सार्वजनिक सूचना आह्वान गरेको छ ।अनुमति लिने व्यक्ति वा संस्थाले ड्रोनको विवरण, उद्देश्य र उडान समयको विवरण अनिवार्य सम्बन्धित सबै निकायमा पेस गर्नैपर्ने प्रावधान छ ।
ड्रोन उडाउने अनुमतिका लागि गृह मन्त्रालय, सञ्चार मन्त्रालय र नागरिक उड्ययन प्राधिकरणबाट स्वीकृतिपत्र तथा व्यावसायिक प्रयोजनका लागि सम्बन्धित मन्त्रालयले ड्रोन उडानको सिफारिस गरेको पत्रसाथ व्यक्ति वा संस्थाले लिखित निवेदन दिनुपर्ने हुन्छ ।
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस