hotpati logo
  • होमपेज
  • राजधानी पत्र
  • राशिफल
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
आज:  | Sun, 05, Feb, 2023
hotpati logo
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • राशिफल
होमपेज /  विचित्र संसार

लगनगाँठो कसेर सिन्दूर पोतेपछि बेहुलाले एक्कासि ‘ल तेरी छोरी लान्न’ भनेपछि…

लगनगाँठो कसेर सिन्दूर पोतेपछि बेहुलाले एक्कासि ‘ल तेरी छोरी लान्न’ भनेपछि…
लगनगाँठो कसेर सिन्दूर पोतेपछि बेहुलाले एक्कासि ‘ल तेरी छोरी लान्न’ भनेपछि…
राजधानी पत्र May 23, 2021 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

“सर्लाहीको हरिवन नगरपालिका–४ पटौनाका उनबहादुर कार्कीका कान्छा छोरा रुद्रबहादुर (विष्णु) को बिहे धुमधामका साथ हुँदै थियो। आमा हीराकुमारी खुशीले गद्गद् हुँदै बुहारी भित्र्याउन साँझको चाँजोपाँजोमा गर्दै थिईने तर बेहुलीको घर सिन्धुलीस्थित छोराको कारण सन्नाटा छाउँदै थियो।”“सिन्धुलीमा लगनगाँठो कसेर सिन्दूर/पोतेपछि बिहे अन्तिम सङ्कल्प गर्ने बेला रुद्रबहादुरले एक्कासि ‘ल तेरी छोरी लान्न’ भनेपछि बेहुली घरको त्यो वैवाहिक रौनक एकाएक बदलियो।’दुलही घरमा छोराको त्यो वचन सुनेर म छाँगाबाट खसे झैँ भएँ, दिउँसै सपना देखें त्यसपछि मलाई चौकी पुर्‍याए’, बाह्र वर्षअघिको क्षण सम्झँदै बुबा उनबहादुरले भने,’मैले बेहुली पक्षलाई एक लाख १० हजार रुपैयाँ जरिवाना तिरेर छोरो फर्काएँ।’त्यो बेला रुद्रबहादुरमा मनोरोग लागिसकेको थियो। भारतको राँचीमा उपचार गराउँदा ठीक भएपछि बिहेको चाँजोपाँजो मिलाइएको थियो। उनलाई छोराको बिहे गराउने मन त कत्ति पनि थिएन तर गाउँले र आफन्तबाट बिहेपछि रोग पूर्ण निको हुने भनेर आएको सुझावलाई नकारेनन्।

निको भइहाल्छ कि भन्ने झिनो आशा बोकेर छोराको बिहे गराउन राजी भएका उनबहादुरका सपना छोराकै कारण चकनाचुर भयो। त्यो चिन्ताले झण्डै उनी आफैँ मनोरोगीको सिकार हुनु परेको छिमेकी सम्झन्छन्। बेलाबेलामा उनको मन पनि एकोहोरिन्छ। पुराना गाविस उपाध्यक्ष गाउँको गन्यमान्य उनबहादुर पीडा सहेर छोराका उपचारमा लागेको सुनाउछन्।त्यसबेला साहिँलो छोरा हेमबहादुर (भगवान्) मनोरोगी भएको झण्डै पाँच वर्ष बितिसकेको थियो। उनको उपचार चल्दै गर्दा कान्छोलाई रोगले समातेपछि कार्की परिवारमा पीडामाथि पीडा बल्झियो। परिवारको चिन्ताले जेठो पवनलाई पनि केही महिनादेखि मनोरोगले समातेको छ। तीनै छोराको चिन्ताले आमा हीराकुमारीको मस्तिष्कमा पनि असर परिसकेको छिमेकी बताउँछन्। हरिवन नगरपालिका–११ का सदस्य सुकदेव कार्की उनको परिवार नै कुनै न कुनै प्रकारको मनोरोगबाट प्रभावित रहेको सुनाउछन्।

तीनमध्ये मनोरोगबाट सबैभन्दा बढी प्रभावित रुद्रबहादुरको उपचारमा लाखौँ खर्च गरे पनि निको हुनुको साटो रोग बल्झिँदै गयो। रुद्बहादुरले बिस्तारै आक्रामक हुँदै युवती देख्न नहुने, छरछिमेकका सामान फुटाउने तोडफोड गर्ने, मानिसलाई आक्रमण गर्ने, घरका झ्यालढोका, मोटरसाईकल, साइकल फोर्न थाले।त्यसैले दुई वर्षअघि घरमा फलामे बारको खोर बनाएर परिवारले थुन्नु परेको थियो। उनलाई फलामे खोरमा राख्नसमेत मुस्किल भयो। हातमा लगाएको साङ्लो चुँडाल्न थालेपछि र खोर भत्काउन थालेपछि झन् समस्या भयो। परिवारले चारैतिरबाट डोरीको लट्ठाले उनी राख्ने खोरलाई बाहिरबाट मोरेर राखेका थिए।त्यति गर्दासमेत रुद्रको उद्दण्डपन रोकिएन। उनले खोरबाट निस्कने अनेक उपाय रचे। विगत छ महिनाअघि भुइँ कहिले हातले त कहिले भेटिएका सामग्रीले खोरभित्र खन्न थालेपछि परिवार नै छक्क परेको थियो।

एक हप्ताअघि भने पल्लो कोठासम्मै सुरुङ खनेर बाहिर निस्किएको आमा हीराकुमारी सुनाउछिन्। ‘शुरुमा कसैलाई पनि किन खोतल्लो भन्ने भेउ भएन, सुरुङ नै बनाएर भाग्यो, त्यसपछि पो भाग्न बनाएको भन्ने चाल पाइयो’, छोराले खनेको सुरुङ देखाउँदै उनबहादुरले घटना विवरण सुनाए। परिवारले उनलाई फेरि खोरमा राखी सुरुङको ढोकामा खाट घोप्ट्याए बन्द गरेका थिए।रुद्रबहादुरलाई बाह्र वर्षअघि सम्म कुनै समस्या थिएन। राति चल्ने सवारी साधनको चालक भएर निकै समय काम गरेका थिए। त्यसपछि रुद्रबहादुर २२ महिना कतारमा वैदेशिक रोजगारी गरेरसमेत फर्किएका थिए।काम गर्दै गर्दा एकपटक काम गर्ने कम्पनीका व्यवस्थापकलाई तैँले कम्पनी चलाउन सकिनस् ले म चलाउँछु भनेर धम्क्याएपछि कम्पनीले टिकट काटेर घर पठाइदिएको बुबा उनबहादुर सुनाउछन्। त्यसपछि एक वर्ष राँचीमा पुर्‍याएर उपचार गरिएको थियो। केही ठीक भएपछि पुनः रोग बल्झियो। मान्छेलाई नै मार्न खोजेपछि भने बाध्य भएर थुन्न परेको उनबहादुर सुनाउछन्।

साहिँला हेमबहादुर शुरुमा वीरगञ्ज नेशनल कलेजमा काम गर्दागर्दै एक व्यक्तिले २० हजार जागिर लगाइदिने लोभमा दिल्ली पुर्‍याएको र त्यहाँ दलालले फसाएपछि मनोरोगी बनेर घर आएको परिवारले जनाएको छ। उनीहरुलाई परिवारले धामी, झाँक्री, औषधिमूलो गर्नेदेखि सुधारगृहमा राख्दासमेत उपचार सफल हुन नसकेको जनाएको छ। दाजुभाइको पीडाले माइलो छोरा भने घर छाडेर अन्यत्रै काम गर्दै आएका छन्।’दुई भाइ मनोरोगी भएपछि जेठो दाइ पवनले वैदेशिक रोजगारबाट कमाएको सबै पैसा उनीहरुकै उपचारमा खर्च गरेको छिमेकी सुनाउँछन्। परिवारको चिन्ताका कारण जेठो पवन पनि विगत केही महिनादेखि मनोरोगी भएका छन्।एक वर्षदेखि सामान्य समस्या देखापरेकामा दशैँदेखि भने अलि बढी भएको श्रीमती देवकी सुनाउछिन्। देवकी कार्की गएको दशैँदेखि अन्य दुई भाइ जस्तै गरी श्रीमान् पवन पनि टोलाएर गाउँगाउँ डुल्न थालेको बताउछिन्। मनोरोगी तीन भाइ र बुबाआमाको पालनपोषण र जिम्मेवारी देवकीको गर्दै आएका थिए। छ सन्तानकी आमा उनी रातदिन भारोपर्म मेलापात गरेर परिवार पाल्दै आएकी छिन्।

छिमेकीका अनुसार ३५ वर्षका होमबहादुर १७ वर्षदेखि, कान्छो रुद्रबहादुर १२ वर्षदेखि र जेठो पवन गएको दशैँदेखि मनोरोगी भएका छन्। छोराहरुको पीरले आमाको बोलीमा ठेगान हुन्न। बुबा उनबहादुर पनि बेलाबेलामा विक्षिप्त छन्। कार्की परिवारलाई छरछिमेक तथा स्थानीय तहले बेलाबेलामा सहयोग दिँदै आएको थियो तर दीर्घकालीन समाधान हुन सकेको थिएन।सोमबार पुग्दा उनलाई घरको अघिल्लो भागमा रहेको चारकुने फलामे खोरमा बसिरहेका थिए मनोरोगी रुद्रबहादुर। उनी भाग्लान् भन्ने डरले बाहिर सुरुङको प्वाललाई खाट खोप्ट्याएर टालिएको थियो। खाटलाई डोरीको लट्ठाले कसेर राखिएको थियो। त्यही बेला मानवसेवा आश्रमको राष्ट्रिय उद्धार अभियानअन्तर्गत मेची¬महाकाली सडक यात्रामा निस्किएको समूहले उनको उद्धार गरेको हो।’बुबा उनबहादुरले पूजापाठ गर्ने भएर होला रुद्रबहादुरको मुखबाट हरेक पटक भगवान् शब्द निस्किरहन्छ। बेलाबेलामा उनी बुबालाई समेत आक्रमणको प्रयास पनि गरिरहन्छन्। ‘यसलाई म छुँदैछुन्न, मार्ला भन्ने डर हुन्छ, मनपरी बोल्छ’,

आँखामा टिलपिल आँसु पारेका उनबहादुरले भने,’मलाई भगवानसंग विश्वास छ, तपाईंहरु (आश्रमलाई देखाउँदै) भगवानको कृपाले मेरो समस्या हेर्न आउनुभयो, छोरालाई ठीक पारिदिनोस्।’आश्रमका अध्यक्ष रामजी अधिकारीले भरोसा दिँदै भने, ‘हाम्रो प्रेमको औषधि पाएपछि छिट्टै कर्म भूमिमा फर्कनुहुन्छ, ढुक्क हुनुहोला।’ जवाफमा उनबहादुरले आश्रमलाई शुभकामना दिए र फेरि भने,’म जस्ता पीडित धेरै छन्, समाजमा उहाँहरुको पनि यसैगरी उद्धार गरिदिनुहोस्।’’उनलाई हरिवन नगरपालिकाकी उपप्रमुख रेणुका पौडेलको उपस्थितिमा उद्धार गरिएको थियो। इन्द्रबहादुरलाई थप उपचार गर्नुपर्ने भएकाले तत्कालै एम्बुलेन्समा राखेर काठमाडौँ पठाइएको र अन्य दुई दाजुभाइलाई हरिवनस्थित आश्रममा राखिएको आश्रमका उपाध्यक्ष धर्मप्रसाद पौडेलले जानकारी दिए।‘दोस्रो भगवान् बनेर आएको आश्रमले पुण्य काम गर्‍यो, उनीहरु राम्रो भएर फर्किएको हेर्ने चाहना छ’, छिमेकी श्रीध्वज उद्धारका क्रममा सुनाए। छोराहरुलाई उद्धार गरेर एम्बुलेन्समा हाल्दै गर्दा आमा हीराकुमारी एकछिन खुशीले बेहोस् नै भईन्। टम्म उभिएका छिमेकीहरुले उद्धार भएकामा खुशी साटेका थिए।-रासस

  • #लगनगाँठो कसेर सिन्दूर पोतेपछि बेहुलाले एक्कासि ‘ल तेरी छोरी लान्न’ भनेपछि…

विचित्र संसार बाट थप

  • के तपाइँ वडामा जाँदै हुनुन्छ, अब कुनै चिन्ता नलिनुस यी काम गर्दा एक रुपैयाँ लाग्दैन ! के तपाइँ वडामा जाँदै हुनुन्छ, अब कुनै चिन्ता नलिनुस यी काम गर्दा एक रुपैयाँ लाग्दैन !
  • :प्रतिनिधिसभा बैठक सुरू भएको छ। :प्रतिनिधिसभा बैठक सुरू भएको छ।
  • बल्ल काम गर्‍यो बालेनको यस्तो जुक्तिले, खुसी हुँदै आफै खाली हुनथाले सुकुम्बासी बस्ती ! बल्ल काम गर्‍यो बालेनको यस्तो जुक्तिले, खुसी हुँदै आफै खाली हुनथाले सुकुम्बासी बस्ती !
  • १ महिनामै असफल पारिएका रबि लामिछानेले गरे यस्तो घोषणा, मागे सबै नेपालीको साथ (साथ दिनेले शेर गर्नुस) १ महिनामै असफल पारिएका रबि लामिछानेले गरे यस्तो घोषणा, मागे सबै नेपालीको साथ (साथ दिनेले शेर गर्नुस)
  • प्रतिक्रिया दिनुहोस


    फेसबुकमा जोडीनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    के तपाइँ वडामा जाँदै हुनुन्छ, अब कुनै चिन्ता नलिनुस यी काम गर्दा एक रुपैयाँ लाग्दैन !

    के तपाइँ वडामा जाँदै हुनुन्छ, अब कुनै चिन्ता नलिनुस यी काम गर्दा एक रुपैयाँ लाग्दैन !

    :प्रतिनिधिसभा बैठक सुरू भएको छ।

    :प्रतिनिधिसभा बैठक सुरू भएको छ।

    बल्ल काम गर्‍यो बालेनको यस्तो जुक्तिले, खुसी हुँदै आफै खाली हुनथाले सुकुम्बासी बस्ती !

    बल्ल काम गर्‍यो बालेनको यस्तो जुक्तिले, खुसी हुँदै आफै खाली हुनथाले सुकुम्बासी बस्ती !

    १ महिनामै असफल पारिएका रबि लामिछानेले गरे यस्तो घोषणा, मागे सबै नेपालीको साथ (साथ दिनेले शेर गर्नुस)

    १ महिनामै असफल पारिएका रबि लामिछानेले गरे यस्तो घोषणा, मागे सबै नेपालीको साथ (साथ दिनेले शेर गर्नुस)

    आज चम्किंदै छ यी ७ राशिको भाग्य, हेर्नुहोस् आइतबारको राशिफल

    आज चम्किंदै छ यी ७ राशिको भाग्य, हेर्नुहोस् आइतबारको राशिफल

    सन्दीप बारे भर्खरै जील्ला अदालतले गर्‍यो अर्को फैसला, नेपालकै टप वकिल समेत अचम्मित

    सन्दीप बारे भर्खरै जील्ला अदालतले गर्‍यो अर्को फैसला, नेपालकै टप वकिल समेत अचम्मित

    चिच्याएर वर माग्ने सत्यवती बज्यैको महिमा: जहाँ सच्चा मनले मागे जे पनि पुग्छ, ॐ लेखी सेयर गर्नुहोस्

    चिच्याएर वर माग्ने सत्यवती बज्यैको महिमा: जहाँ सच्चा मनले मागे जे पनि पुग्छ, ॐ लेखी सेयर गर्नुहोस्

    श्री स्वस्थानी ब्रत आज समापन गरिंदैछ, शाली नदीमा व्रतालुको घुँइचो

    श्री स्वस्थानी ब्रत आज समापन गरिंदैछ, शाली नदीमा व्रतालुको घुँइचो

    के तपाइँ वडामा जाँदै हुनुन्छ, अब कुनै चिन्ता नलिनुस यी काम गर्दा एक रुपैयाँ लाग्दैन !

    के तपाइँ वडामा जाँदै हुनुन्छ, अब कुनै चिन्ता नलिनुस यी काम गर्दा एक रुपैयाँ लाग्दैन !

    :प्रतिनिधिसभा बैठक सुरू भएको छ।

    :प्रतिनिधिसभा बैठक सुरू भएको छ।

    बल्ल काम गर्‍यो बालेनको यस्तो जुक्तिले, खुसी हुँदै आफै खाली हुनथाले सुकुम्बासी बस्ती !

    बल्ल काम गर्‍यो बालेनको यस्तो जुक्तिले, खुसी हुँदै आफै खाली हुनथाले सुकुम्बासी बस्ती !

    १ महिनामै असफल पारिएका रबि लामिछानेले गरे यस्तो घोषणा, मागे सबै नेपालीको साथ (साथ दिनेले शेर गर्नुस)

    १ महिनामै असफल पारिएका रबि लामिछानेले गरे यस्तो घोषणा, मागे सबै नेपालीको साथ (साथ दिनेले शेर गर्नुस)

    सन्दीप बारे भर्खरै जील्ला अदालतले गर्‍यो अर्को फैसला, नेपालकै टप वकिल समेत अचम्मित

    सन्दीप बारे भर्खरै जील्ला अदालतले गर्‍यो अर्को फैसला, नेपालकै टप वकिल समेत अचम्मित

    १० बुँदे सहमतिप्रति नेपाल समूहमा किन यस्तो भयो ?

    १० बुँदे सहमतिप्रति नेपाल समूहमा किन यस्तो भयो ?

    नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाली शेयर बजारमा इतिहास रच्ने पक्का ! कारण यस्तो

    नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाली शेयर बजारमा इतिहास रच्ने पक्का ! कारण यस्तो

    नि’र्मला प’न्तको ह’त्या’रा चि’तवन बाट प’क्राउ हेर्नुहोस ! यस कार’ण मा’रेको स्वी’कारे ।।

    नि’र्मला प’न्तको ह’त्या’रा चि’तवन बाट प’क्राउ हेर्नुहोस ! यस कार’ण मा’रेको स्वी’कारे ।।

    ओलीलाई राजीनामा दिन वामदेवले  यसकारण भने

    ओलीलाई राजीनामा दिन वामदेवले यसकारण भने

    अस्पतालमा पोस्ट-मार्टम गर्न लगिएको श’व चिया पिउँदै गरेको भेटिएपछि…

    अस्पतालमा पोस्ट-मार्टम गर्न लगिएको श’व चिया पिउँदै गरेको भेटिएपछि…

    तल्लो जातको केटासँग लागेको भन्दै आमाले गरिन् छोरीको ह’त्या

    तल्लो जातको केटासँग लागेको भन्दै आमाले गरिन् छोरीको ह’त्या

    वैशाख २३ मा आम निर्वाचन  गर्ने प्रधानमन्त्री ओलीको प्रस्ताव ! पूरा पढ्नुहोस ।

    वैशाख २३ मा आम निर्वाचन गर्ने प्रधानमन्त्री ओलीको प्रस्ताव ! पूरा पढ्नुहोस ।

    असार दोस्रो सातादेखि स्मार्ट ल’कडाउन’ गर्ने निर्णय

    असार दोस्रो सातादेखि स्मार्ट ल’कडाउन’ गर्ने निर्णय

    समाचार
    के तपाइँ वडामा जाँदै हुनुन्छ, अब कुनै चिन्ता नलिनुस यी काम गर्दा एक रुपैयाँ लाग्दैन !

    के तपाइँ वडामा जाँदै हुनुन्छ, अब कुनै चिन्ता नलिनुस यी काम गर्दा एक रुपैयाँ लाग्दैन !

    :प्रतिनिधिसभा बैठक सुरू भएको छ।

    :प्रतिनिधिसभा बैठक सुरू भएको छ।

    बल्ल काम गर्‍यो बालेनको यस्तो जुक्तिले, खुसी हुँदै आफै खाली हुनथाले सुकुम्बासी बस्ती !

    बल्ल काम गर्‍यो बालेनको यस्तो जुक्तिले, खुसी हुँदै आफै खाली हुनथाले सुकुम्बासी बस्ती !

    १ महिनामै असफल पारिएका रबि लामिछानेले गरे यस्तो घोषणा, मागे सबै नेपालीको साथ (साथ दिनेले शेर गर्नुस)

    १ महिनामै असफल पारिएका रबि लामिछानेले गरे यस्तो घोषणा, मागे सबै नेपालीको साथ (साथ दिनेले शेर गर्नुस)

    सन्दीप बारे भर्खरै जील्ला अदालतले गर्‍यो अर्को फैसला, नेपालकै टप वकिल समेत अचम्मित

    सन्दीप बारे भर्खरै जील्ला अदालतले गर्‍यो अर्को फैसला, नेपालकै टप वकिल समेत अचम्मित

    hotpati logo footer

    xyz द्वारा संचालित

    xyz,नेपाल

    ईमेल: rajdhanipatra@gmail.com

    कार्यालय फोन : xxxxxxxxx

    स्थायी लेखा नम्बर : xxxxxxxxx

    कम्पनी दर्ता नम्बर : xxxxxxx

    हाम्रो टीम


    अधक्ष्य/संचालक : xxxxxxx

    प्रधान सम्पादक : xxxxxx

    प्रकाशक : xxxxxx

    अफिसियल फोटोग्राफर : xxxxxxx

    ग्राफिक डिजाइनर : xxxxxx


    साईट नेगीभेसन

    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • परदेशीका कुरा
    • राजधानी पत्र
    • बिजनेश
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • हाम्रो समाजमा
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो
    • राजनीति
    राजधानी पत्र बिज्ञापन सम्पर्क Privacy Policy प्रयोगका सर्त हाम्रो टीम हाम्रो बारेमा © Copyright Rajdhani Patra
    ↑