प्रेममा मान्छे पागल हुन्छ भनिन्छ । भारतको उत्तर प्रदेशमा हालै एउटा यस्तै घटना भएको छ । आफ्नी प्रेमिकाको अर्कै केटासँग बिहे हुन थालेपछि रन्थनिएका एक युवक बेहुली बनेकी प्रेमिकालाई भेट्नका लागि केटीको भेष गरेर बिहे स्थलमा छिरे । तर, विडम्बना उनी पक्राउ परेका छन् ।उत्तर प्रदेशको भादोही जिल्लास्थित एक गाउँमा यो घटना भएको हो।एकजना युवक बेहुलीको जस्तै पहिरनमा सजिएर आफ्नी गर्लफ्रेण्डको घरमा छिरे । उनकी गर्लफ्रेण्डको अर्कै केटासँग बिहे निधो भएको थियो र बिहेको तयारी पनि चलिरहेको थियो ।
बेहुली पहिरन लगाएका ती युवकले नक्कली कपाल, सिँगारपटार गरेका थिए र काँधमा लेडिज ब्याग भिरेका थिए । साथै उनले महिलाले लगाउने स्याण्डिल लगाएका थिए ।उनी गर्लफ्रेण्डको घरभित्र लुसुक्क छिरे र बेहुलीसँग भेटाइदिन अनुरोध गरे । तर उनको जीउडाल तथा हाउभाउ देख्दा बेहुलीका घरका मान्छे सशंकित भए ।बेहुलीका घरका मानिसले आशंका गरेपछि ती युवकले लामो समयसम्म केटी भएको बहाना गरिरहन सकेनन् । अन्ततः उनको पोल खुल्यो र त्यहाँ उपस्थित मानिसहरुले उनलाई समातिहाले।
जब उनलाई समातेर उनको घुम्टो तथा नक्कली कपालसमेत हटाइयो तब सबैजना तीनछक परे ।उनलाई प्रहरीमा बुझाउनका लागि पुलिसलाई फोन गर्ने तयारी भैरहेको थियो । तर अकस्मात ती युवक त्यहाँबाट भाग्न सफल भए । उनलाई घर बाहिर उनका दुईजना साथीहरुले कुरिहेका रहेछन् । उनै साथीहरुसँग उनी त्यहाँबाट बाइकमा सुइँकुच्चा ठोके ।ती युवक बेहुलीका भूपू प्रेमी रहेको बुझिएको छ । तर उनी बिहेको दिन किन बेहुली पहिरनमै उनलाई भेट्न आए भन्नेचाहिँ खुलेको छैन ।एजेन्सी
नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : 123456
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक :सन्तोष तामाङ्ग
प्रधान सम्पादक :भगवती शाही
प्रकाशक :रेशमा शाही
अफिसियल फोटोग्राफर :लक्ष्मण गुरुङ्ग
ग्राफिक डिजाइनर :धरम तामाङ्ग
प्रतिक्रिया दिनुहोस