काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मन्त्रिपरिषद विस्तार गर्दा मुगुका एमाले नेता तथा निवर्तमान सांसद मोहन बानियाँ मन्त्रीमा समेटिए । दिउँसो ४ बजे शपथ ग्रहणको समय तोकिए पनि मन्त्री हुनेहरुको नाम सार्वजनिक भएपछि उनीहरु शुभेच्छुक र कार्यकर्ताको बधाई थापिरहेका छन् ।बानियाँलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हेर्ने गरी मन्त्री बनाइएको छ । बानियाँले आफू चौथो पटकको प्रयासमा बल्ल मन्त्री बनेको सुनाए । भन्छन्, ‘म त पुरानै सिनियरै मान्छे हो, बल्ल अहिले (पालो) आयो ।’
२०७२ सालमा संविधान निर्माण भएपछि केपी शर्मा ओली नेतृत्वको सरकारमा जान उनले पहल गरेका थिए । तर त्यतिबेला अवसर पाएनन् । २०७४ सालमा प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक निर्वाचन पद्धतिबाट सांसद निर्वाचित भएपछि पनि उनले मन्त्रीका लागि लबिङ गरेका थिए । ‘राज्यमन्त्री दिने कुरा भयो, म हुन्न भनें,’ उनले अनलाइनखबरसँग भने ।प्रधानमन्त्रीले ५ पुसमा प्रतिनिधिसभा विघटन गरेपछि तत्कालीन नेकपाको प्रचण्ड–माधव पक्षका नेताहरु सरकारबाट बाहिरिएपछि बानियाँले मन्त्री बन्न पहल गरे । प्रधानमन्त्री ओलीले ८ जना मन्त्री र एक राज्यमन्त्री बनाउँदा पनि बानियाँ परेनन् । ‘माओवादीबाट आएका साथीहरुलाई सेटल गर्नुपर्ने भएपछि बाहिर परें,’ उनले भने ।
त्यतिबेला शपथ ग्रहणका लागि तयार भएर बसेका थिए । तर अन्तिम समयमा उनलाई टेलिफोन आएन । आफैंले तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई टेलिफोन गरेर बुझ्दा सरी भनेको उनले बताएका थिए । ‘दौरा सुरुवालै लगाएर बसेको त होइन, तर त्यस्तै त्यस्तै हो,’ बानियाँले भने ।२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक निर्वाचन पद्धतितर्फ पिछडिएको क्षेत्रबाट निर्वाचित भएका उनी एमालेमा अध्यक्ष ओली पक्षका पुरानै नेता हुन् । बानियाँले कर्णाली पछाडि परेको ठाउँको प्रतिनिधि हुनाले आफू क्याबिनेट स्तरको मन्त्री हुनुपर्ने माग गर्दै आएका थिए । ‘क्याबिनेट स्तरको मन्त्री कर्णालीले पाउनुपर्छ भन्ने माग हो, समग्र कर्णालीबासीले यो माग गरेका हुन्,’ उनले भने ।
’स्रोत; अनलाइन खबर
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस