को’रोना भ्याक्सिनको असरको विषयमा विभिन्न प्रकारका कुरा आइरहेका छन्, कतिलाई भ्याक्सिन लगाएपछि ज्वरो आउँछ, कसैलाई आउँदैन । कतिलाई अरु पनि महसुस हुन्छन्, कतिलाई केही पनि फरक लाग्दैन । तर भ्याक्सिनको असरको विषयमा भारतको नासिकका एक व्यक्तिले निकै चकित पारिदिने दाबी गरेका छन् ।नासिकका अरविन्द सोनारका अनुसार भ्याक्सिनको दुई डोज लगाएपछि उनको शरीरले चुम्बक झैं काम गरिरहेको छ । तर जानकारले भने भ्याक्सिनेसनका कारण यस्तो हुन नसक्ने बताए ।अरविन्द सोनारले आफ्नो दाबीको वास्तविकता व्यक्त गर्नका लागि एउटा भिडियो सोसल मिडियामा पोस्ट गरेका छन् जसमा उनको शरीरमा सिक्का र फलामका सामान टाँस्सिएको देखिएका छन् । यो भिडियो सोसल मिडियामा भाइरल भएको छ ।
उनले भने, ‘म आफ्नो छोरासँग यत्तिकै कुरा गरिरहेको थिएँ । मैले कुराकानीकै बीच एउटा यस्तो खबरबारे कुरा गरे जसले मलाई चकित बनायो । छोराले भ्याक्सिन लगाएपछि मानिसको शरीरमा स्टिलका वस्तु टाँस्सिन थाल्छन् भन्यो र होला त भनेर हेर्दा त मेरो पनि त्यस्तै भइरहेको थियो ।’सोनारका अनसार उनले चार पाँच दिन अघि एक नीजि अस्पतालमा कोभिड भ्याक्सिनको दोस्रो डोज लिएका थिए र उनलाई कुनै प्रकारको समस्या देखिएको थिएन ।
डाक्टर दाभोलकरले भने, ‘शरीरमा सिक्का र भाँडाकुँडा टाँस्सिनु भौतिक विज्ञानको हिसाबले सम्भव छ । यदि छाला ओसिल छ र टाँस्सिनले स्थानमा भ्याक्यूम क्याभिटी बनेको खण्डमा यो सम्भव छ । तर यसलाई खोपसँग जोड्नु सही होएन । हामीसँग काम गर्ने थुप्रै मानिसहरुले यस्तो दाबीको वास्तविकतालाई उजागर गरिरसकेका छन् । जेजे मेडिकल कलेजका डीन डा. तात्यारावे लहानेले पनि सोनारको दाबी खारेज गरेका छन् ।उनले भने, ‘संसारभरी एक अर्बभन्दा मानिसलाई भ्याक्सिन दिइसकिएको छ । कोभिड भ्याक्सिन र शरीरमा स्टिल र फलामका सामान टाँस्सिनुमा कुनै सम्बन्ध छैन ।
नासिकका जिल्ला चिकित्साधिकारी डा. अशोक थोराटले बीबीसीसँगको कुराकानीमा यसबारे आफूलाई सोसल मिडियामार्फत् जानकारी भएको बताए ।उनले भने, ‘हामी यसबारे अनुसन्धानका लागि विशेषज्ञ दल पठाइरहेका छौं । त्यसपछि सरकारलाई आफ्नो रिपोर्ट दिनेछौं । त्यसपछि सरकारी निर्देशनका अनुसार यसलाई हेरिनेछ ।’ ।स्रोत; रातो पाटि
नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : 123456
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक :सन्तोष तामाङ्ग
प्रधान सम्पादक :भगवती शाही
प्रकाशक :रेशमा शाही
अफिसियल फोटोग्राफर :लक्ष्मण गुरुङ्ग
ग्राफिक डिजाइनर :धरम तामाङ्ग
प्रतिक्रिया दिनुहोस