काठमाडौं उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आइतबार बस्दैछ । दिउँसो ३ बजे बैठक बस्न लागिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले रातोपाटीलाई बताए ।प्रजिअहरुको बैठकले नि’षेधाज्ञाको समय लम्ब्याउने अथवा मोडालिटी परिवर्तन गर्नेबारे निर्णय गर्दैछन् । वैशाख १६ बाट जारी नि’षेधाज्ञा पछिल्लो पटक जेठ ३१ सम्म लम्ब्याउने निर्णय गरिएको थियो ।
छलफलपछि असार १ बाट नि’षेधाज्ञालाई कसरी अगाडी बढाउने भन्नेबारे निर्णय गर्छौँ’ भक्तपुरका प्रजिअ भट्टराईले भने–‘मोडालिटीबारे अहिलेसम्म कुनै धारणा तय भएको छैन ।’छलफलमा काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुली, ललितपुरका प्रजिअ ढुण्डी प्रसाद निरौला र भक्तपुरका प्रजिअ भट्टराई सहभागी हुनेछन् , यो पनि पढ्नुहोस ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकार आफ्नो स्थायित्वका लागि सं’घर्षरत छ भने वि’पक्षी दलहरु सरकारसँग बहुमत नरहेको जिकिर गर्दै आएका छन् ।यही सेरोफेरोमा प्रदेश सरकारले वार्षिक नीति तथा कार्यक्रम अर्थात् बजेट पारित गर्न सक्छ कि सक्दैन भनेर धेरैको चासो बढेको छ । सर्वोच्च अदालतले जसपाका चार सांसदमाथिको का’रवाहीलाई तत्कालका लागि अमान्य हुने गरी अन्तरिम आ’देश जारी गरेसँगै प्रदेशसभाको अंकगणित मुख्यमन्त्री पोखरेलको पक्षमा देखिन्छ ।
प्रदेशसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आईतबार (आज) पारित गर्ने कार्यसूची छ । प्रदेशसभाको दिउँसो १ बजे बस्ने बैठकमा मुख्यमन्त्री शंकर पोखरेलले छलफलमा उठेका प्रश्नको जवाफ दिनेछन् । मुख्यमन्त्रीले जवाफ दिएपछि आजै नीति तथा कार्यक्रम निर्णयार्थ प्रदेशसभामा पेस हुने प्रदेशसभाका सूचना अधिकारी दिनेश अधिकारीले बताए ।वि’पक्षी दलहरु सरकारको नीति तथा कार्यक्रम पारित हुन नदिएर सरकारलाई नैतिक सं’कटमा पार्ने कि केहीदिन कुर्ने भन्नेबारे छलफल गरिरहेका छन् । स्रोत ; रातो पाटि
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस