काठमाडौं । ज्ञानेन्द्र शाही नाम चलेको दलका चर्चित नेता होइनन् । सामाजिक सञ्जालमा चर्को बोलेर लोकप्रियता कमाएका शाहीका हजारौं फ्यान छन् ।तर, शाही बोलेर मात्र चर्चामा आउँदैनन्, उनीमाथि बेलाबेला सडकमै हुने ‘आ’क्रमण’ वा उनी संलग्न हुने झ’डपले पनि चर्चामा ल्याइरहन्छ । पछिल्लो पटक शाहीको समूहमाथि शुक्रबार राति गृहजिल्ला सुर्खेतमा आ’क्रमण भयो । यसअघि २०७६ असोजमा चितवनको चौबीसकोठीमा पनि उनीमाथि आ’क्रमण भएको थियो ।आखिर किन पर्छन् उनी निशानामा ? शाहीको जिकिर छ, ‘मेरो लोकप्रियताबाट ड’राएर सत्ता पक्षका व्यक्तिहरुले नै ममाथि पटक–पटक आक्रमण गर्छन् ।’
सामाजिक अभियन्ताका रुपमा आफूलाई चिनाउने शाही नि’षेधाज्ञा र को’रोना महा’मारीबाट समस्यामा परेकाहरुलाई राहत बाँड्न भन्दै शुक्रबार सुर्खेत पुगेका थिए । त्यही क्रममा आफू र आफ्ना सहयोगीहरुमाथि शुक्रबार राति करिब ११ बजे वीरेन्द्रनगर नगरपालिका–१३ करेखोला भन्ने स्थानमा आ’क्रमण भएको शाहीको भनाइ छ । यो आ’क्रमणबाट उनका एक सहयोगीको टाउको फुटेको सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा देखिन्छ ।शाही सवार गाडीभन्दा अगाडि दुई जना युवक मोटरसाइकलमा थिए । सुरुमा उनीहरुलाई बाटो छेकेर आ’क्रमण गरिएको र आफू पुगेपछि घेरा हालेर आ’क्रमण गरिएको शाहीको भनाइ छ ।
‘हाम्रै टोलीका एक जना साथीको घरमा खाना खाएर बजार फर्किने क्रममा बाटो छेकेर हाम्रो ह’त्या गर्ने योजनाअनुसार आ’क्रमण भयो,’ शाही भन्छन्, ‘आक्रमणकारीले आफ्नो मोबाइलमा फोटो हेर्दै आ’क्रमण गरेका थिए । शायद हाम्रो फोटो उनीहरुलाई पठाइएको थियो ।’शुक्रबार ज्ञानेन्द्र शाहीसहितको समूहमाथि आ’क्रमण भएको घ’टनाको सन्दर्भमा स्थानीयसँग कुरा गरेको एक भिडियो वाईसीएल सुर्खेतका नेता पदम बनले फेसबुकमा पोष्ट गरेका छन् । त्यो भिडियोमा महिलाहरुले खर्कबहादुर बुढाको घरमा शाहीको समूहले भाले काटेर र’क्सी सेवन गरेर फर्किएको बताएका छन् । अगाडि–अगाडि बाइकमा रहेकाहरुले स्थानीय नवराज गिरीलाई कुटपिट गरेपछि स्थानीयले प्रतिकार गरेको ती महिलाहरुको भनाइ छ ।स्रोत;अनलाइन खबर
नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : 123456
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक :सन्तोष तामाङ्ग
प्रधान सम्पादक :भगवती शाही
प्रकाशक :रेशमा शाही
अफिसियल फोटोग्राफर :लक्ष्मण गुरुङ्ग
ग्राफिक डिजाइनर :धरम तामाङ्ग
प्रतिक्रिया दिनुहोस