सर्लाहीको हरिवन नगरपालिका–४ पटौनाका उनबहादुर कार्कीका कान्छा छोरा रुद्रबहादुर (विष्णु) को बिहे धुमधामका साथ हुँदै थियो। आमा हीराकुमारी खुशीले गद्गद् हुँदै बुहारी भित्र्याउन साँझको चाँजोपाँजोमा गर्दै थिईने तर बेहुलीको घर सिन्धुलीस्थित छोराको कारण सन्नाटा छाउँदै थियो।सिन्धुलीमा लगनगाँठो कसेर सिन्दूर/पोतेपछि बिहे अन्तिम सङ्कल्प गर्ने बेला रुद्रबहादुरले एक्कासि ‘ल तेरी छोरी लान्न’ भनेपछि बेहुली घरको त्यो वैवाहिक रौनक एकाएक बदलियो।’दुलही घरमा छोराको त्यो वचन सुनेर म छाँगाबाट खसे झैँ भएँ, दिउँसै सपना देखें त्यसपछि मलाई चौकी पुर्याए’।
त्यो बेला रुद्रबहादुरमा मनोरोग लागिसकेको थियो। भारतको राँचीमा उपचार गराउँदा ठीक भएपछि बिहेको चाँजोपाँजो मिलाइएको थियो। उनलाई छोराको बिहे गराउने मन त कत्ति पनि थिएन तर गाउँले र आफन्तबाट बिहेपछि रोग पूर्ण निको हुने भनेर आएको सुझावलाई नकारेनन्।निको भइहाल्छ कि भन्ने झिनो आशा बोकेर छोराको बिहे गराउन राजी भएका उनबहादुरका सपना छोराकै कारण चकनाचुर भयो। त्यो चिन्ताले झण्डै उनी आफैँ मनोरोगीको सिकार हुनु परेको छिमेकी सम्झन्छन्। बेलाबेलामा उनको मन पनि एकोहोरिन्छ। पुराना गाविस उपाध्यक्ष गाउँको गन्यमान्य उनबहादुर पीडा सहेर छोराका उपचारमा लागेको सुनाउछन्।
त्यसबेला साहिँलो छोरा हेमबहादुर (भगवान्) मनोरोगी भएको झण्डै पाँच वर्ष बितिसकेको थियो। उनको उपचार चल्दै गर्दा कान्छोलाई रोगले समातेपछि कार्की परिवारमा पीडामाथि पीडा बल्झियो। परिवारको चिन्ताले जेठो पवनलाई पनि केही महिनादेखि मनोरोगले समातेको छ। तीनै छोराको चिन्ताले आमा हीराकुमारीको मस्तिष्कमा पनि असर परिसकेको छिमेकी बताउँछन्। हरिवन नगरपालिका–११ का सदस्य सुकदेव कार्की उनको परिवार नै कुनै न कुनै प्रकारको मनोरोगबाट प्रभावित रहेको सुनाउछन्।तीनमध्ये मनोरोगबाट सबैभन्दा बढी प्रभावित रुद्रबहादुरको उपचारमा लाखौँ खर्च गरे पनि निको हुनुको साटो रोग बल्झिँदै गयो।
त्यसैले दुई वर्षअघि घरमा फलामे बारको खोर बनाएर परिवारले थुन्नु परेको थियो। उनलाई फलामे खोरमा राख्नसमेत मुस्किल भयो। हातमा लगाएको साङ्लो चुँडाल्न थालेपछि र खोर भत्काउन थालेपछि झन् समस्या भयो। परिवारले चारैतिरबाट डोरीको लट्ठाले उनी राख्ने खोरलाई बाहिरबाट मोरेर राखेका थिए।त्यति गर्दासमेत रुद्रको उद्द’ण्डपन रोकिएन। स्रोत ; गोर्खालि’खबर
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस