बागमती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले प्रदेशसभामा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति दिएको अभिव्क्ति’का कारण ह’त्या दु’रुत्साहनको मु’द्धा चलाइएको भन्दै नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले आ’पत्ति जनाएको छ । नेपाली कांग्रेसका प्रदेश सभा सदस्य वैद्यले बागमती प्रदेशको २०७८÷७९ को नीति तथा कार्यक्रमको छलफलका क्रममा जेठ २८ गतेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आफू नाथुराम गोड्से बन्न तयार रहेको आ’पत्तिजनक शब्द प्रयोग गरेका थिए । सो अभिव्यक्तिको चौतर्फी आलोचना भएपछि भोलीपल्ट जेठ २९ गते वैद्यले संसदबाटै आफ्नो अभिव्य’क्ति फिर्ता लिदैँ संसदको रेकर्डबाट हटाउन अनुरोध गरेका थिए ।
वैद्यको उक्त अभिव्यक्तिले ह’त्या दु”रुत्साहन गरको भन्दै नेकपा(एमाले) मकवानपुरको भातृ संगठन युवा संघ नेपालका एक नेताले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा मु’द्धा दायर गरेका थिए । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले सोमबार पत्रकार सम्मेलन गर्दै प्रदेश सभा सदस्य वैद्यको अभिव्य’क्ति नेपाली कांग्रेसको आदर्श, नीति, संसदीय अभ्यास र गरिमा विपरित भएकाले फिर्ता लिन निर्देशन गरेको र लगत्तै फिर्ता लिइसकेपछि उक्त विषय टुंगिइसकेको भन्दै सरकारको द’बाब र प्रभाव तथा राजनीतिक प्रतिशोधका आधारमा मु’द्धा दायर भएको जनाएको छ ।विधानले दिएको प्रदेश सभा सदस्यको अभिव्यक्ति स्वतन्त्रता तथा संविधानको बर्खि’लाप बदनी’यतपूर्ण तवरले मु’द्धा दर्ता गरिएकाले मु’द्धा फिर्ता लिन पनि नेपाली कांग्रेस बागमती प्रदेश सभा संसदीय दलले आग्रह गरेको छ ।
कांग्रेस बागमती प्रदेश सभा संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले अभि’व्यक्ति फिर्ता लिइसकेको र संसदको रेकर्डबाट समेत हटाइसकिएको अवस्थामा मु’द्धा दर्ता भएको प्रति आ’पत्ति जनाए । उनले भने, ‘युवा संघको एउटा व्यक्तिले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा दिएको उ’जुरी, जायरीको आधारमा दर्ता गर्ने प्रहरी कार्यालय मकवानपुरप्रति हाम्रो घोर आ’पत्ति छ । संविधान, कानुन, मुलुकको संसदीय मर्यादाको बर्खि;लापमा गरिएको दर्ताप्रति हाम्रो घोर आ’पत्ति छ । यस्तो किसिमले दर्ता गरेर कानुनी का’रबाही अगाडी बढाउन नमिल्ने कुरालाई जुन ढंगले बढाइयो यसप्रति नेपाली कांग्रेस संसदीय दलको ध्यानाकर्षण भएको छ ।
। स्रोत ; रातो पाटि
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस