काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्दा पूर्वमाओवादी समूहका प्रभावशाली नेताहरु छुटेपछि सो समूहमा असन्तोष छताछुल्ल हुन थालेको छ ।आकर्षक मन्त्रालय, आगामी निर्वाचनमा मागेको निर्वाचन क्षेत्र लगायतका प्याकेजमा डिल गरेर ओलीलाई साथ दिएका पूर्वमाओवादीका नेताहरु पछिल्लो मन्त्रिपरिषद् विस्तारमा नपरेपछि सो समूहका नेता-कार्यकर्तामा अ’सन्तोष देखिन थालेको हो ।पूर्वमाओवादी खेमाको नेतृत्व गर्न रामबहादुर थापा (बादल) अ’सफल भएको उनीहरुको ठहर छ । बादलले आफ्नै श्रीमतीलाई आकर्षक मन्त्रालयमा पठाएपछि केही साताअघि सर्वोच्चको आदेशबाट मन्त्री पद गुमाएर पुनः नियुक्तिको आशमा मन्त्री निवास पुल्चोकमै बसिरहेका नेताहरु जिल्ल परेका छन् ।
नेता मणि थापाका अनुसार बादलले आफ्नै श्रीमतीलाई मन्त्री बनाएको विषयलाई लिएर नेता/कार्यकर्ताहरुले असन्तुष्टि पोखेका छन् ।मन्त्रिपरिषद विस्तार गर्दा प्रधानमन्त्रीले आफ्नो अधिकार प्रयोग गर्नुभयो । तर, हाम्रो यता (माओवादी पृष्ठभूमिका नेताहरुतर्फ) र्यांक एण्ड फाइल (कार्यकर्ता पंक्ति) चाहिँ खुसी छैनन्, त्यति हो,’ नेता थापाले भने, ‘फोन/सोन आउँछ । बादल दाइको मिसेसको कुरा भयो, त्यसमा अलिकति असन्तुष्टि छ । अरु पठाइदिएको भए हुन्थ्यो भन्ने खालको छ ।’
अध्यक्ष ओलीले बादललाई मात्रै काखी च्यापेर अगाडि बढ्न खोजेको कतिपय नेताहरुको गुनासो छ । त्यसो नगर्नका लागि उनीहरुले माओवादी पृष्ठभूमिका नेताहरुको छुट्टै छलफल गर्ने र अध्यक्ष ओलीसँग एक्लाएक्लै डिल गर्ने प्रयासलाई समेत जारी राखेका छन् । एक नेता भन्छन्, ‘अध्यक्ष ओलीले सबैलाई एउटै व्यवहार गर्न सकेनन् । बादललाई रेस्पोन्स गरे, अरुलाई गरेनन् भन्ने हामीलाई परेको छ ।’बादलले आˆनो समूहको नेतृत्व गर्न नसक्ने निष्कर्षमा पुगेका पूर्वमाओवादीहरु अब उनलाई नेता नमान्ने भन्दै नयाँ नेताको खोजीमा लागेका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हुँदा एक्लाएक्लै डिल गरेर आनो पक्षमा ल्याएको भए पनि ओलीले बादलमार्फत् पूर्वमाओवादी समूहसँग डील गर्न खोजेको यो खेमाको बुझाइ छ ।तर, माओवादी पृष्ठभूमिका अधिकांश नेताहरुले बादललाई नेतृत्व मानेर अध्यक्ष ओलीसँग डिल गर्ने प्रस्ताव अस्विकार गरेको स्रोत बताउँछ ।मन्त्रिपरिषद विस्तार लगायतका विषयमा बादलले एकलौटी गरेकाले पनि उनको नेतृत्वमा ओलीसँग सामूहिक डिल गर्न अब सम्भव नभएको उनीहरुले बताउन थालेका छन् ।स्रोत; रातो पाटि
नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : 123456
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक :सन्तोष तामाङ्ग
प्रधान सम्पादक :भगवती शाही
प्रकाशक :रेशमा शाही
अफिसियल फोटोग्राफर :लक्ष्मण गुरुङ्ग
ग्राफिक डिजाइनर :धरम तामाङ्ग
प्रतिक्रिया दिनुहोस