प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ बोलाएको संवैधानिक परिषद्को बैठकमा स्थगित भएको छ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका थिए।
भेटमा परिषद् बैठक स्थगित गर्न सुझाएपछि बैठक स्थगित भएको वालुवाटार स्रोतले जानकारी दियो । प्रधानमन्त्री ओलीले बिहीबार बेलुका ५ बजे संवैधानिक परिषद बैठक बोलाएका थिए। यसअघि बुधबार बसेको नेकपाको स्थायी कमिटी बैठकले संवैधानिक परिषदसम्बन्धी सरकारले ल्याएको अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो । तर ओलीले उक्त अध्यादेश फिर्ता नहुँदै संवैधानिक परिषदको बैठक बोलाएका थिए । प्रधानमन्त्री ओलीले आजै साँझ ६ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन्
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस