संचारकर्मी तथा कलाकार रुपा सुनारले कुकुरलाई भान्सा कोठामा छिराउछन् भने आफू मान्छे भएर पनि नछिराएको दु:ख व्यक्त गरेकी छन्। कोठा भाडामा आफूलाई जातिय भेदभाव गरेको भन्दै घरवेटीविरुद्ध मुद्धा दर्ता गरेकी सुनारले यस्तो बताएकी छन्।एक मिडियासँग कुरा गर्दै उनले भनेकी छन्, “एउटा कुकुरलाई बिस्तारमा अटाउछन् भने भान्छा कोठामा छिराउछन् भने म त मान्छे हुँ। म अन्तरजातीय भयो भन्दैमा मलाई त्यो घरमै छिर्न नपाउने हुन्छ ? कहाँको नियम हो यो।”
आफूमाथि अन्याय भएकाले न्याय खोजेको बताउदै रुपा सुनारले भने, “मलाई कसैको चरित्र हत्या गर्ने मनसाय छैन र ५० वर्ष की आमा जस्तो मान्छेविरुद्ध मुद्धा लगाउने मेरो कुनै रहर थिएन। तर म माथि जुन खालको अन्याय भयो त्यसको न्याय खोज्न लागेकि हुँ। ” रुपा सुनारले यो मुद्धा एउटा व्यक्तिविरुद्ध नभएको बताएकी छन्। आफ्नो नामको पछाडी आएको थरले आफू कतै पनि अपमानित हुन नपरोस् भन्दै आग्रह गरेकी छन्।
नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : 123456
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक :सन्तोष तामाङ्ग
प्रधान सम्पादक :भगवती शाही
प्रकाशक :रेशमा शाही
अफिसियल फोटोग्राफर :लक्ष्मण गुरुङ्ग
ग्राफिक डिजाइनर :धरम तामाङ्ग
प्रतिक्रिया दिनुहोस