माओवादी केन्द्रबाट नेकपा एमाले प्रवेश गरेका १४ जनप्रतिनिधिको पद गुमेको छ ।माओवादी केन्द्रबाट २०७४ को स्थानीय तहमा निर्वाचित २प्रमुख,५उपप्रमुख, एक अध्यक्ष, एक उपाध्यक्ष, १ नगर कार्यपालिका सदस्य, ४ जना वडाध्यक्ष नेकपा एमाले प्रवेश गरेकाले पदमुक्त भएका हुन् ।
निर्वाचन आयोगले माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका १४ निर्वाचित जनप्रतिनिधिहरुको पद रिक्त भएको जानकारी दिएको छ ।माओवादी केन्द्रले दल परित्याग गरेर एमाले प्रवेश गरेका आफ्ना जनप्रतिनिधिको पद स्वत रिक्त हुने भनी निर्वाचन आयोगलाई पत्र लेखेको थियो ।
पदमुक्त हुनेमा सबैभन्दा बढी रौतहटका ७ जना छन् ।रौतहटका २ मेयर, चार उपमेयर र एक उपाध्यक्षको पद गएको छ । त्यस्तै कैलालीका एक उपमेयर र तीन वडाध्यक्षको पद गएको छ । महोतरी र वखलढुंगाका एक एक वडाध्यक्ष र सिरहाका एक नगर कार्यपालिका सदस्यको पद गएको छ ।
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस