एजेन्सी। अमेरिकाको फिलाडेल्फिया शहरमा गत शुक्रबार १५ सयभन्दा बढी चराहरू आकाशबाट अचानक खसे। तीमध्ये धेरैको ज्यान गयो। यी चराहरू जाडो महिना लाग्नुअघि दक्षिणतर्फ जाँदै थिए। यस्तै घटना सन् १९४८ मा पनि भएको थियो।यति धेरै चराहरू अचानक मर्दा मानिसहरू तर्सेका छन्। फिलाडेल्फियामा वन्यजन्तु सम्बन्धी काम गर्ने स्टिफन म्यासिवेव्स्कीले भने, ‘अनेकौं चरा आकाशबाट खसिरहेका थिए। के भएको हो, हामीले थाहा पाएनौं । यो निश्चित रूपमा विनाशकारी घटना हो।’अघिल्लो शुक्रबार बिहान ५ बजेदेखि ८ बजेसम्म आफूले ४०० चरा बटुलेको उनले बताए। यी चराहरू विभिन्न स्थानमा जाँदै गर्दा अग्ला भवनमा ठोकिएर खसेको बताइएको छ। घटना हुँदा उक्त क्षेत्रमा तापक्रम अचानक घटेको बताइएको छ।स्थानीय सञ्चारमाध्यमले लेखे अनुसार, अनेकौं चराहरू अग्ला भवनका शीशामा ठोकिए। अग्ला भवनका शीशा चराहरूका लागि खतरनाक भएको भन्दै केही समयअघि अमेरिकी संसदमा एक विधेयक पेश गरेर अग्लो भवनमा शीशा प्रयोग गर्न प्रतिबन्ध लगाउने प्रस्ताव गरिएको थियो
नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : 123456
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक :सन्तोष तामाङ्ग
प्रधान सम्पादक :भगवती शाही
प्रकाशक :रेशमा शाही
अफिसियल फोटोग्राफर :लक्ष्मण गुरुङ्ग
ग्राफिक डिजाइनर :धरम तामाङ्ग
प्रतिक्रिया दिनुहोस