काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा सभापतिका आकांक्षीमध्ये एक हुन् महामन्त्री डा. शशांक कोइराला ।सभापति शेरबहादुर देउवा चुनावी मैदानमा होमिसकेका छन् भने संस्थापनइतर समूहमा सभापतिको उम्मेदवारका लागि आधा दर्जन बढी आकांक्षी छन् । कोइराला परिवारबाटै डा.शेखर पनि सभापतिका दावेदार हुन् ।तर वीपी कोइराला पुत्र महामन्त्री शशांकको दाबी छ, ‘शेरबहादुर देउवालाई म बाहेक अरुले ह’राउन सक्दैन, पार्टीलाई एकढिक्का बनाउन म सभापति हुनुपर्छ ।’
रामचन्द्र पौडेल, प्रकाशमान सिंह मात्र होइन, दाजु डा. शेखरलाई समेत मनाएर आफू सभापतिको उम्मेदवार बन्ने र देउवालाई हराउने उनको दाबी छ ।आजको मितिसम्म मैले पार्टी सभापति शेरबहादुर देउवाको कहिल्यै वि’रोध गरेको छैन । चुनावमा नेपाली कांग्रेस हा’रेपछि उहाँको धेरै आ’लोचना भयो, मैले महामन्त्रीका रुपमा उहाँको बचाउ नै गरेँ । त्यसपछि उहाँको वि’रोध गरिनँ ।कीनकी कांग्रेस प’राजय हुनुका धेरै कारणमध्ये गुट–उपगुट पनि एउटा थियो । र, पार्टीलाई एक ढिक्का बनाउनु पर्दछ भन्ने मेरो प्रयास थियो ।
तर अब मैले सत्य बोल्नैपर्छ, उहाँले पार्टीलाई राम्रोसँग सञ्चालन गर्न सक्नुभएन । मेरो मान्छे, तेरो मान्छे गर्नुभयो, टिकट वितरणमा पनि आफ्ना मान्छेलाई प्राथमिकता दिनुभयो । मेरो चाहना विकेन्द्रीकरणको सिद्धान्त अनुसार तलबाटै सल्लाह लिनुपर्छ भन्ने थियो । तर केन्द्रबाट टिकट दिइयो । त्यसले पनि अ’सन्तुष्टि बढ्यो ।महाधिवेशन भएको ६ महिनाभित्र गठन गर्नुपर्ने विभागहरु चार वर्षपछि मात्रै गठन गर्नुभयो । त्यो पनि महाधिवेशनलाई लक्षित गरेर बनाएको देखिन्छ ।
यसरी हेर्दा महामन्त्रीका कार्यकालमा मैले पार्टी एकता बनाउने प्रयास गरेँ, तर सकिँन ।यसमा केही हदसम्म सत्यता छ । म कसैका बारेमा छु’चो बोल्दिन । १३औं महाधिवेशनमा शेरबहादुर देउवाजीको टीमबाट अर्जुननरसिंह केसी महामन्त्रीको उम्मेदवार हुनुहुन्थ्यो । तर देउवाजीकै मान्छेहरुले मलाई भोट हाले । त्यसले के जनाउँछ भने ममाथि कांग्रेसलाई एकतावद्ध बनाउन सक्छ भन्ने विश्वास थियो । त्यसकारण मैले शेरबहादुर देउवाको बचाउ गरेँ, कसैलाई काखापाखा गरिनँ ।स्रोत;अनलाइनखबर
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस