काठमाडौं । कोरोनाको दोस्रो लहरसँगै सरकारले गरेको निषेधाज्ञापछि बन्द भएको आन्तरिक उडान आजदेखि खुलेको छ ।आन्तरिक उडान गत बैशाख २० गतेबाट ठप्प थियो । आन्तरिक उडान खुलाएसँगै शुरूआतमा दैनिक ६४ उडान हुने वायुसेवा संचालक संघले जनाएको छ ।आज बिहान ६ देखि साँझ ६ बजेसम्म आन्तरिक उडान हुने संघका प्रवक्ता योगराज कँडेलले जानकारी दिए । उनका अनुसार बुद्ध एयरले ३१, यती एयरलाइन्सले १५, श्री एयरलाइन्सका ७, सौर्यको ३ सहित ८ एयरलाइन्सले दैनिक उडान भर्नेछन् ।
सञ्चालन गर्न लागिएको उडान निषेधाज्ञाअघि भइरहेको कुल क्षमताभन्दा ५० प्रतिशतले कमी हो । निषेधाज्ञाअघि गत वैशाखमा दैनिक १ सय ३० आन्तरिक उडान हुँदै आएको थियो । निषेधाज्ञा खुकुलो भएसँगै आन्तरिक उडान खुल्ला गरिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।चड्दा देखी अवतरण गर्दासम्म सबैकुरा शुरक्षित हुने वुद्द एयरका अधिकृत गणेश ढकालले बताए । यस्तै यति एयरले पनि यात्रा गर्न शुरक्षित भएकाले निर्धक्क यात्रा गर्न आफ्ना यात्रुहरुलाई भनेको छ । स्रोत गोर्खाली निउज ।
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस