काठमाडौँ उपत्यकामा एक साताका लागि थप गरिएको निषेधाज्ञा आजदेखि लागू भएको छ । नयाँ आदेशानुसार यसअघि यातायातमा लागू गरिएको जोरबिजोर प्रणाली हटाउँदै सबै प्रकारका सवारी साधन सञ्चालन गर्न पाइनेछ । आज बिहान १ बजेदेखि लागू गरिएको निषेधाज्ञा यही ३१ गते राति १२ बजेसम्म कायम रहने छ ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार यसरी सवारी चलाउँदा सिट क्षमताभन्दा बढी यात्रु नराख्न, स्वास्थ्यका सबै मापदण्ड पालना गर्न तथा चालक र सहचालकलाई भाइजर र पञ्जाको प्रयोग गर्न भनिएको छ । सवारीको ढोकामा स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने र सवारीलाई निसङ्क्रमित गर्नुपर्ने छ भने मास्क नलगाएका यात्रुलाई चढाउन पाइने छैन ।
स्थानीय प्रशासनको अनुमतिमा विशेष कामका लागि बाहिरका सवारी साधनसमेत भित्रिने पाउने व्यवस्था यसपालि छ । जोरबिजोर प्रणाली हटेसँगै यसअघि सुनसान देखिने काठमाडौँका सडकमा पुनः जाम सुरु भएको छ । स्रोत रातो पाटी
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस