काठमाडौं । नेकपा एमाले पुनर्स्थापनापछि अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले बरिष्ठ नेता माधवकुमार नेपाललाई तीन पटक का’रबाही गरिसके । समानान्तर गतिविधि गरेको आ’रोपमा १६ चैत र ७ वैशाखमा स्पष्टीकरण सोधिएका नेता नेपाललाई १२ जेठबाट भने पार्टीबाटै निष्का’सन गरिएको थियो ।स्पष्टीकरण र नि’ष्काशनको निर्णय आफूमाथि गरिएको अ’पमानको बदला भएको ओलीले लुकाएका छैनन् । उनले सार्वजनिक रुपमै भनेका छन्, ‘प्रचण्डसँग मिलेर तीन–तीन पटक का’रबाही गरेको होइन ? मिल्ने भए नागरिकता खोस्थे ।’
५ पुस २०७७ मा प्रतिनिधिसभा विघ’टनपछि साविकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित हुँदा पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालको समूहले अर्को समूहको नेतृत्व गरेका ओलीलाई पार्टी अध्यक्ष, दलको नेता मात्र होइन, पार्टी सदस्यबाट निष्का’सन गरेको थियो । ७ पुसमा बहुमत केन्द्रीय सदस्यहरुको बैठक राखेर ओलीलाई हटाएर नेपाललाई पार्टी अध्यक्ष चुने । प्रचण्ड पार्टी एकतादेखि नै अध्यक्ष थिए । प्रचण्डलाई संसदीय दलको नेता चुनेको यो समूहमा ११ माघमा ओलीलाई पार्टीबाटै निकाले ।
२३ फागुनमा सर्वोच्च अदालतले नेकपाको एकता खा’रेज गरेर एमाले र माओवादी केन्द्र ब्यूँताएपछि अवस्था फेरियो । प्रचण्ड नेकपा माओवादी केन्द्रका अध्यक्ष छन् । एमाले नेता बनेका नेता नेपालमाथि भने अध्यक्ष ओलीले तीन महिनामा तीन पटक का’रबाही गरिसके । अर्थात् ओली र नेपाल बीच ५ पुस यता निषेधको राजनीति कायमै छ । तर पनि दुवै जना एमालेमा छन् ।
एकअर्कालाई भेट्न समेत सहज नमान्ने दुई नेता एकैठाउँ रहिरहनु अन्य राजनीतिक परिस्थितिसँगै आन्तरिक दबावले पनि काम गरेको छ ।दुई ध्रुवमा उभिएका ओली र नेपालसँगै एमालेलाई मिलाउन दोस्रो तहका एउटा पंक्ति नै सक्रिय छन् । तिनै नेताहरुको सुझाव, दबाव र सक्रियताले दुई पार्टीको झै संरचनामा चल्दा पनि एमाले फुटेको छैन । बरू ओली–नेपाली बीच नि’षेधको सम्बन्ध भएपनि पार्टी एकता अभियान अबिराम चलिरहेको छ ।स्रोत;अनलाइन खबर
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस