काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्च अदालतलाई प्रभाव पार्नेगरी सहमति नहुने बताएका छन् । एकताको प्रयास जारी रहेका बेला नेता नेपालले हस्ताक्षर फिर्ता नगर्ने आफ्नो बटमलाइन रहेको बताए ।अदालतलाई प्रभावित बनाउने गरी कुनै सहमति हुँदैन । हस्ताक्षर फिर्ता हुन सक्दैन । यो मेरो बटमलाइन हो’, नेता नेपालले भने । कार्यदलका सदस्यहरुले बिहान नेता नेपालसँग छलफल गरेका थिए ।
नेपाल तर्फका कार्यदल सदस्यहरु कोटेश्वरबाट फर्किएपछि सिंहदरबारमा कार्यदलको बैठक जारी छ । कार्यदलका सदस्यहरुले आजै सहमतिको सम्भावना रहेको बताएका छन् ।तर नेता नेपालले सर्वोच्च अदालतको मु’द्दामा संलग्न हस्ताक्षर फिर्ता लिएर सहमति नहुने बताए । अदालतलाई प्रभाव नपार्ने गरी अन्य विषयमा सहमतिको निम्ति तयार रहेको उनले बताए ।
नेकपा (एमाले)को एकता जोगाउन गठित कार्यदलको बैठक सिंहदरबारमा बसिरहेको छ । कार्यदलको बैठक अगाडि वरिष्ठ नेता माधवकुमार नेपाल समूहको छलफल भएको थियो ।कार्यदलका सदस्यहरुले नेता नेपालसँग वार्तामा भएको प्रगतिबारे जानकारी दिएका थिए । स्रोतका अनुसार कार्यदलले आजै मस्यौदा टुंग्याउने तयारी गरेको छ ।शनिबार कार्यदलको बैठकपछि नेता नेपाल समूहका स्थायी कमिटी सदस्यहरुको बैठक बसेको थियो ।स्रोत;अनलाइनखबर
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस