१०बुँदे सहमतिप्रति नेकपा एमालेको माधवकुमार नेपाल समूहमा असन्तुष्टि देखिएको छ । यो सहमति २८ फागुनमा अध्यक्ष केपी शर्मा ओली समूहले गरेको निर्णयलाई स्वीकार गरेसरह भएको उनीहरुको तर्क छ । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपाल पक्षका दोस्रो तहका नेताहरु रहेको कार्यदलले आइतबार साँझ १० बुँदे सहमति गरेको थियो । रातारात सहमति गरेको र अदालतलाई प्रभावित पार्ने गरी अपव्याख्या भएको भन्दै नेता नेपाल स्वयंले असन्तुष्टि जनाएका छन् । उनले सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा २३ सांसदको हस्ताक्षर र मान्यता कायमै रहेको बताएका छन् ।नेपाल पक्षका कतिपय नेताहरुले सहमति जस्ताको तस्तै स्वीकार गर्न नहुने बताएका छन् । उनीहरुमध्ये एक राजेन्द्र राई भन्छन्, ‘जे कारणले विद्रोह गरियो, त्यसलाई सम्बोधन गरिएको छैन । यथास्थितिमा यो स्वीकार गर्न सकिंदैन ।’
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारस्थित निवास छाडेर बुधबार बालकोटस्थित निजी निवास गएका छन् । ओली बालुवाटारबाट निस्केदेखि बालकोट पुग्दासम्म उनका समर्थकले गाडी र मोटरसाइकल र्याली निकालेका थिए ।काठमाडौंमा ठूलो पानी परेका बेला समर्थकहरु मोटरसाइकल चढेर रुझ्दै बालकोट पुगेका थिए । बालकोट निवासमा उनलाई टीका लगाएर स्वागत गरिएको थियो । घर पुगेपछि उनले पहिलो तलाबाट समर्थकलाई हात उठाएर अभिवादन गरेका थिए ।२८ फागुन २०७७ मा ओली पक्षले गरेको निर्णय नमान्ने आफूहरुको अडान भएको स्मरण गर्दै उनले भने, ‘अहिले मिलाएर २८ फागुनको निर्णय मानिदिनुपर्ने भयो ।’ प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले प्रतिनिधिसभा र संविधान मास्ने काम गरेको, पार्टी स्वेच्छाचारी ढंगले चलाएपछि आफूहरुले विद्रोह गरेको राईले बताए।
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस