नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले जाँदाजाँदै पालो मि´चेर १ जना सहसचिवलाई सचिव पदमा बढुवा गरेको पाइएको छ ।३ पटकसम्म बढुवा सिफारिस समितिले बढुवाका लागि सिफारिस गरेका एक व्यक्तिलाई बढुवा नगरेर दोस्रो नम्बरमा सिफारिस गरिएका अर्का व्यक्तिलाई ओली सरकारले बढुवा र पदस्थापन सँगसँगै गरेको हो ।गत सोमवार बसेको ओली सरकारको अन्तिम मन्त्रिपरिषद्को बैठकले सचिव बढुवाका लागि दोस्रो नम्बरमा सिफारिस गरिएका इन्जिनीयरिङ सेवातर्फका वरिष्ठ सहसचिव राजेन्द्रप्रसाद खनाललाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ ।बैठकले खनाललाई नेपाल ट्रस्टको कार्यालयमा पदस्थापन समेत गरेको छ । खनाल अवकाशको संघारमा रहेका छन् । करीब २ महिनापछि ५८ वर्ष उमेर हदको कारण उनले अवकाश लिने भएका छन् ।सहसचिवबाट सचिव भई अवकाश पाउँदा पेन्सन सुविधामा फरक पर्छ । यसबाट राज्यको व्ययभार समेत केही बढ्छ । बढुवा सिफारिस समितिले पहिलो नम्बरमा गोपाल सिग्देल, दोस्रो नम्बरमा राजेन्द्रप्रसाद खनाल र तेस्रो नम्बरमा सुर्जकुमार वैद्यको नाम सिफारिस गरेको थियो ।तर ओली सरकारले दोस्रो नम्बरमा सिफारिस गरिएका खनाललाई सहसचिवबाट सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।
सिग्ेदलको नाम बढुवा सिफारिस समितिले ३ पटकसम्म बढुवाका लागि सिफारिस गरेको थियो । दोस्रोपटक बढुवा सिफारिस समितिले पहिलो नम्बरमा सुशील तिवारी, दोस्रो नम्बरमा गोपाल सिग्देल तथा तेस्रो नम्बरमा राजेन्द्र खनाललाई सिफारिस गरेको थियो । सिफारिश समितिले पहिलोपटक सहसचिवबाट सचिवमा बढुवा गर्न पहिलो नम्बरमा प्रमिला बज्राचार्य, दोस्रो नम्बरमा सुशिलचन्द्र तिवारी र तेस्रो नम्बरमा गोपाल सिग्देलको नाम सिफारिस गरेको थियो ।लोक सेवा आयोगको अध्यक्षतामा बढुवा सिफारिस समितिको बैठक बस्ने र समितिमा मुख्यसचिव र सामान्य प्रशासन मन्त्रालयका सचिव पदेन सदस्य हुने निजामती सेवा ऐन २०४९ मा व्यवस्था गरिएको छ । बढुवा सिफारिश समितिले धमाधम रिक्त पदमा बढुवाका लागि सिफारिस गर्ने गरेको छ ।बढुवा सिफारिस समितिले ३ पटकसम्म बढुवाका लागि सिफारिस गरे पनि बढुवा नगरिएका सिग्देलप्रति अन्याय भएको सिग्देलनिकट कर्मचारी बताउँछन् । सिग्देल हाल कर्णाली प्रदेशको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयको सचिव पदमा कार्यरत रहेका छन् ।सिग्देलनिकट एक कर्मचारीले भने, ‘यो भनेको उहाँप्रति अन्याय हो ।’ सरकारले पालो मिचेर बढुवा गर्दा उच्च कर्मचारीहरुमा कामभन्दा पनि चाकडी प्रणाली विकास हुने उनले बताएका छन् ।
पालो मिचर सचिवमा बढुवा गरेको यो पहिलो उदाहरण भने होइन । यसअघि पनि ओली नेतृत्व सरकारले पालो मिचेर सचिवमा बढुवा गरेको थियो । तत्कालीन वरिष्ठ सहसचिव गोकर्णमणि दुवाडीलाई सचिवमा बढुवा गर्न सिफारिस समितिले ५ पटकसम्म सिफारिश गरे पनि दुवाडीको बढुवा गरिएको थिएन । छैटौंपटकको सिफारिसमा मात्र दुवाडीको बढुवा गरिएको थियो ।सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले प्रशासन सेवातर्फका वरिष्ठ सहसचिवबाट सचिव पदमा बढुवा भएका कृष्णहरि पुस्कार र खगेन्द्रप्रसाद नेपाललाई मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयको अतिरिक्त समूहमा खटाएको छ । प्रदेश सरकारका प्रमुख सचिवको सरुवा हुनेबित्तिकै पुस्कार र नेपाललाई प्रदेशमा खटाउने सरकारको तयारी रहेको छ ।सहसचिवबाट सचिव पदमा बढुवा भएपछि पहिलो नियुक्ति काठमाडौंबाहिर गर्ने परम्परा रहेको छ । तर प्राविधिक सेवा तर्फका सचिवहरुको भने काठमाडौंबाहिर पद नमिल्ने नभएकाले पहिलो नियुक्त काठमाडांैमै हुने गरेको छ । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस