नेकपा अध्यक्ष ऋषि कट्टेलले नेत्रविक्रम चन्द विप्लवलाई वार्तामा ल्याउनको लागि आफूले पनि पहल गरेको बताएका छन् ।राजधानीमा मंगलबार आयोजित एक कार्यक्रममा बोल्दै उनले भने “विप्लवजीसँग मेरो सम्वाद पटक पटक भएको थियो । यो वार्ता गर्नुहोस भनेर मनाउन कोसिस गर्ने व्यक्ति म एउटा हो । ”
सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज गरेर उक्त नाम यसअगाडी निर्वाचन आयोगमा दर्ता भएको ऋषि कट्टेलको नाममा हुने फैसला गरेसँगै पूर्व एमाले र माओवादी केन्द्र अस्तिवमा आएका छन् ।आजै निर्वाचन आयोगले सर्वोच्च अदालतको फैसलालाई कार्यानयन गर्ने भन्दै ओली र प्रचण्ड अध्यक्ष रहेको नेकपाका खारेज भएको घोषणा गरेको छ ।
मंगलबार दिँउसो काठमाडौंको बिजुलीबजारमा रहेको संवाद चौतारीमा बोल्दै नेकपाका अध्यक्ष ऋषि कट्टेलले प्रचण्डको राजनीतिक यात्रा ओरालो लागेको र त्यो उकालो लाग्ने सम्भावना आफूले पटक्कै नदेख्ने बताएका छन् । यदी प्रचण्ड नेपाल कम्युनिष्ट पार्टी हुनेहो भने नयाँ आवेदन भरेर आउनुपर्ने उनले बताए ।
सर्वोच्चको फैसलाबारे टिप्पणी गर्दै कट्टेलले भने भने “सर्वोच्चको फैसलाले केपी शर्मा ओलीलाई फाइदा देखिएको छ । एमालेभित्र उनी निर्वाचनबाट जितेर आएको अध्यक्ष भएको हुँदा त हरुवाले फूर्ति गर्ने भनेर माधव नेपाललाई भन्न पाउने अधिकार छ ।”
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस