३१ असार, काठमाडौं । शुक्रबारबाट नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम लागू गर्दैछ । विदेशबाट मोबाइलको चोरी पैठारी रोक्न एवं हराएको मोबाइल सजिलै पत्ता लगाउन सहयोगी मानिएको यो सिस्टम सबै खालका मोबाइलमा अनिवार्य गरिएको दूरसञ्चार प्राधिकरणले जनाएको छ ।आईएमईआई युनिक आइडेन्टिफाइड कोड हो । जसले हरेक मोबाइल डिभाइसलाई सरकारी सिस्टममा समेट्ने काम गर्छ । प्राधिकरणका उपनिर्देशक एवं उपकरण स्तरीकरण शाखाका प्रमुख दिनेश मैनालीका अनुसार साउनदेखि आईएमईआई दर्ता नगरेका मोबाइलहरु चरणबद्ध रुपमा बन्द गर्दै लैजाने नीति लिइएको छ ।
नेपालमै मोबाइल पसलबाट भ्याट तिरेर किनेको मोबाइलमा आईएमईआई पहिले नै दर्ता भएको हुन्छ । उपहार स्वरुप पाएको मोबाइल वा भन्सारको सिस्टमबाहिरबाट ल्याएको मोबाइलमा रहेको आइएमइआई नम्बर प्राधिकरणको सिस्टममा जोडिएको हुँदैन । त्यस्ता मोबाइल सिस्टममा नजोडिँदा जुनसुकै बेला पनि बन्द हुन सक्ने भएकोले छिट्टै मोबाइललाई सिस्टममा जोड्न पनि प्राधिकरणले आग्रह गरेको छ । आफ्नो मोबाइलको आइएमइआई दर्ता गरे/नगरेको थाहा पाउन *#06# डायल गरेर पनि हेर्न सकिन्छ ।
अहिले आइएमइआई दर्ता गर्न शुल्क लाग्दैन । तर एमडिएमएस बाइ ल तयार पारेको छ । जसले निश्चित शुल्क तोक्ने तयारी गरेपनि अहिले तोकिसकेको छैन ।मैनालीका अनुसार आइएमइआई दर्ता गरेपछि त्यो मोबाइल नेपाल दूरसञ्चार प्राधिकरणको सिस्टममा जोडिन्छ ।यो सिस्टममा जोडिएपछि एकातर्फ भन्सार नतिरी ल्याइएका मोबाइललाई नियन्त्रण गर्न सजिलो हुन्छ भने प्रयोगकर्ताको कुनै बेला मोबाइल हरायो भने त्यो आइएमइआई नम्बरको मोबाइलमा कुन नम्बर जडान गरिएको छ ? त्यसको आधारमा हराएको मोबाइल पत्ता लगाउन पनि सकिन्छ । त्यसैले यो बहुउपयोगी प्रविधि हो ।
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस