काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।शनिबार दिउँसो प्रचण्ड कोटेश्वरस्थित नेता नेपालको निवासमा पुगेका थिए । दुई नेताबीच केही बेर छलफल भएको ती नेताहरुको सचिवालय निकट स्रोतले जनाएको छ ।
सर्वोच्च अदालतको आदेशमा संसद पुनर्स्थापना र शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछि विगतमा सँगै रहेको कांग्रेस, माओवादी केन्द्र, एमालेको माधवकुमार नेपाल र जसपाको उपेन्द्र यादव पक्ष कसरी अघि बढ्ने भन्ने विषयमा अन्योलमा नै छन् । तर यो गठबन्धनका नेताहरुबीच द्विपक्षीय, बहुपक्षीय छलफल भइरहेको छ । यो पनि पढ्नुहोस..
नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । सोमबार बिहान एघार बजे केन्द्रीय कमिटी बैठक बोलाएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।केन्द्रीय कमिटी बैठक ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालयमा बस्ने उनले बताए । त्यसअघि आइतबार बिहान ११ बजे स्थायी कमिटी बैठक बस्नेछ ।
शुक्रबार पनि अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक राखेका थिए । तर उक्त वैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु अनुपस्थित रहे ।शुक्रबार नै संसदीय दलको बैठक समेत बसेको छ । संसदीय दलको बैठकमा पनि माधव समूहका सांसदहरु अनुपस्थित भएका थिए ।स्रोत;अनलाइनखबर
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस