काठमाडौँ, ३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा विश्वासको मत जुटाउने प्रयोजनका लागि जसपाको महन्थ ठाकुर पक्षका एक संसदलाई फल्याट उपहार दिएको पाइएको छ । स्रोतका अनुसार ठाकुरपक्षबाट उपेन्द्र यादव पक्षमा सांसदहरू ल्याउन भूमिका खेल्ने सांसले फल्याट उपहार पाएका हुन ।
अन्यका लागि पनि महत्वपूर्ण व्यवस्था गरिएको जसपा स्रोतले जनाएको छ । यादव पक्षमै रहेका सांसद भने असन्तुष्ट बनेका छन । ठाकुर समूहबाट आउनेकालागि फल्याट र पैसा दिने हामीले चाहिँ न मन्त्री पाउने न केही भन्दै उनीहरू असन्तुष्ट बनेका छन । प्रधानमन्त्री देउवाले एक साताभित्र विश्वासको मत लिने तयारी गर्नुभको छ। शनिबार भएको जसपाको संसदीय दलको बैठकमा पनि कम्तिमा सात मन्त्रालय र ८ मन्त्री नदिए मतको व्यवस्थापनमा कठिनाइ हुने विषयमा छलफल भएको छ ।
जसपामा प्रमोद साह सहित अमृता अग्रहरि, नरमायाँ ढकाल, रानी मण्डल रुही नाज, रामदुलारी खतवनीलगायत उपेन्द्र यादव समूहमा सक्रिय हुनुभएको छ । यादव पक्षका केहि संसद भने नयाँ आउनेलाई फल्याट र पैसा हामीपहिल्यै देखि यादव पक्षमा बस्यौ अहिले केहि पनि नभएपछि केही सोच्नुपर्ने समय आएको छ । जनता टाईम्सबाट
नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : 123456
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक :सन्तोष तामाङ्ग
प्रधान सम्पादक :भगवती शाही
प्रकाशक :रेशमा शाही
अफिसियल फोटोग्राफर :लक्ष्मण गुरुङ्ग
ग्राफिक डिजाइनर :धरम तामाङ्ग
प्रतिक्रिया दिनुहोस