काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ ।नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले ठाकुरलाई पत्र लेखेर विश्वासको मत दिन आग्रह गरेका थिए ।त्यसलगत्तै बसेको बैठकले देउवालाई मत दिने निर्णय गरेको सांसद उमाशंकर अरगरियाले जानकारी दिए । ‘उहाँले हाम्रो माग मुद्दा सम्बोधन गर्ने मौखिक वचन दिनुभएको छ’ अरगरियाले भने, ‘संसदमा बोल्दा पनि यसबारे भन्छु भन्नु भएकाले विश्वासको मत दिने निर्णय गरेका छौं ।
यो पनि पढ्नुहोस
काठमाडौं । प्रधानमन्त्री नियुक्त भएको चौथो दिन नै शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत लिंदैछन् । अपराह्न चार बजे प्रतिनिधिसभाको बैठकबाट उनले विश्वासको मत पाउने/नपाउने टुंगो लाग्नेछ । देउवाले विश्वासको मत पाएमा र बीचको पुगनपुग डेढ वर्षको अवधिमा राजनीतिक समीकरण नबदलिए आगामी निर्वाचनसम्म उनले सरकारको नेतृत्व गर्ने बाटो खुल्नेछ ।विश्वासको मत नपाएमा ६ महीनाभित्र प्रतिनिधिसभा निर्वाचनको मिति तोकेर राष्ट्रपतिसमक्ष प्रतिनिधिसभा विघटनको सिफारिश गर्नुपर्नेछ । उनले विश्वासको मत पाए पनि नपाए पनि त्यसपछिका प्रक्रियामा केही संवैधानिक जटिलता देखिने निश्चित छ ।
सअघि प्रधानमन्त्री हुँदा एमाले संसदीय दलका नेता केपी शर्मा ओली माओवादी केन्द्रको समेत समर्थनमा संविधानको धारा ७६ को उपधारा २ (संयुक्त सरकारको व्यवस्था) अनुसार प्रधानमन्त्री बनेका थिए । तर दुई दलबीच एकीकरणपछि सरकार उपधारा–१ (कुनै दलको बहुमतको सरकार) मा रूपान्तरण भएको भनी सर्वोच्च अदालतले व्याख्या नै गरेको थियो ।
अहिले शेरबहादुर देउवा संविधानको धारा ७६ को उपधारा ५ अनुसार नियुक्त भएका हुन् । उनले उपधारा ४ अनुसार विश्वासको मत लिने प्रक्रिया थालेका हुन् । विश्वासको मत पाए पनि सरकारको अवस्था उपधारा ५ अनुसारकै हुने कानूनविद्हरू बताउँछन् ।संविधान र सर्वोच्च अदालतको व्याख्याले विश्वासको मत नपाए त वैकल्पिक सरकार गठनको सम्भावना टरेको भनी मन्त्रिपरिषदबाट निर्वाचनको मिति तोकेर प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटनको सिफारिश गर्नुपर्ने प्रक्रिया तोकेको छ ।स्रोत;अनलाइनखबर
नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : 123456
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक :सन्तोष तामाङ्ग
प्रधान सम्पादक :भगवती शाही
प्रकाशक :रेशमा शाही
अफिसियल फोटोग्राफर :लक्ष्मण गुरुङ्ग
ग्राफिक डिजाइनर :धरम तामाङ्ग
प्रतिक्रिया दिनुहोस