नेकपा एमालेको १० औं केन्द्रीय समिति बैठक सुरु भएको छ । ललितपुरस्थित तुलसीलाल आमात्य प्रतिष्ठानमा जारी बैठकमा पार्टीको विधान अधिवेशन, पार्टीको ह्वीप उलङ्घन गर्ने नेतामाथिको कारवाही लगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु भने सहभागी भएका छैनन् । प्रतिनिधि सभाको हिजोको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको विपक्षमा मतदान गर्न दिएको निर्देशन विपरित केही सांसदले मतदान गरेका थिए भने केही सांसद मतदानमै सहभागी भएनन् ।
सर्वोच्च अदालतको निर्णय अनुसार उनीहरुलाई संसदीय कारवाही गर्न नमिल्ने भएपनि पार्टीले अनुशासनको कारवाही गर्न सक्ने ओली पक्षका नेताहरुले बताउदै आएका छन् । त्यस्तै नेकपा एमालेले यसअघि आगामी साउन २५ गतेबाट विधान अधिवेशन बोलाउने निर्णय गरेकाले त्यसको तयारीका बारेमा समेत केन्द्रीय समिति बैठकले निर्णय गर्ने बुझिएको छ । स्रोत;रातोपाटी
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस