काठमाडौं। को”रोनाभाइरसका कारण ‘मृ:त्यु’ भएर अन्तिम संस्का:र गरिसकिएकी महिलाको काजकि’रिया सकेर श्राद्ध गर्ने अघिल्लो दिन ती महिला जिउँदै फर्किएपछि परिवार र गाउँलेहरु चकित परेका छन् । ती महिलाको मृ’त्यु भएको जानकारीसहित अस्पतालले शव हस्तान्तरण गरेपछि परिवारले उनको अन्तिम सं’स्कार गरिसकेका थिए र उनको काजकिरिया समेत गरिरहेका थिए । तर, अचानक महिला जीवितै फर्किइन् ।
भारतको आन्ध्र प्रदेशकको कृष्ण जिल्लाको जग्गैयापेटकी मुक्त्याला गिरिजाम्मा नामकी ती महिलालाई कोरो”नाभाइरस संक्रमणका कारण अस्पताल भर्ना गरिएको थियो । खासमा ६५ वर्षका मुक्त्याला गड्डाया र उनकी पत्नी गिरिजाम्मा सामान्य किसान हुन् । उनीहरु आफ्नो थोरै जमिनमा तरकारी खेती गर्छन् र नजिकैको बजारमा बेच्छन् । द न्यू इण्डियन एक्सप्रेसका अनुसार मे २ का दिन गिरिजाम्मा र उनका छोरा ३६ वर्षका एम रमेशले कोरो”नाभाइरस परीक्षण गर्न नमूना दिएकोमा दुवैको रिपोर्ट पोजेटिभ आएको थियो ।
सुरुमा उनीहरु अस्पताल गएनन् तर एक हप्तापछि रमेशलाई खम्मनको एक निजी अस्पतालमा भर्ना गरियो । गिरिजाम्मालाई विजयवाडा गभर्नमेन्ट जनरल हस्पिटलमा भर्ना गरियो । गिरिजाम्मालाई कुर्नको लागि उनका पति बसेका थिए । मार्च १५ मका दिन गिरिजाम्मालाई अर्को वार्डमा सारियो तर यसबारे उनका पतिलाई जानकारी दिइएको थिएन । जब उनी आफ्नी पत्नीलाई हेर्न गए उनले पत्नीलाई पहिले राखिएको बेडमा देखेनन् ।
त्यसपछि उनले पत्नीको बारेमा सोधपुछ गर्न थाले । सोधपुछमा एक डाक्टरले उनकी पत्नीको मृ”त्यु भइसकेको बताए । डाक्टरले उनलाई उनकी पत्नीको ला”श अस्पतालको मु”र्दाघरमा सारिएको समेत बताए । प्रोटोकलअनुसार श’व प्लास्टिकमा प्याक गरिएको थियो र गिरिजाम्माको परिवारलाई टाढैबाट देखाइयो । टाढैबाट देखेका परिवारले पनि श’व गिरिजाम्माको होइन भनेर ठम्याउन सकेनन् । गिरिजाम्माको परिवारलाई अर्कै महिलाको श”व दिइयो ।
परिवारका अनुसार गिरिजाम्मालाई जीवितै आएको देखेपछि परिवार चकित परेका थिए । परिवारलाई आफूहरुले कसको श’वको अन्तिम संस्कार गरे भन्ने थाहा छैन । गिरिजाम्मा परिवारसँग भेटेपछि खुसी छिन् तर उनलाई अहिलेसम्म आफ्ना छोरा को”रोनाभाइरसका कारण म’रिसकेको भन्नेबारे जानकारी दिइएको छैन । उनका छोरा रमेशको मे २३ का दिन उपचारका क्रममा मृ’त्यु भइसकेको छ ।स्रोत :गोर्खाली खबर
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस