नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावललाई राजीनामा फिर्ता लिन आग्रह गरेका छन् ।च्यसलमा शुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले रावलले हतारमा राजीनामा दिएको बताए ।
‘हतारिएर किन राजीनामा दिएको ? सल्लाह गर्नुपर्ने । अझै पनि सकिन्छ भने राजीनामा फिर्ता लिनुस्’, ओलीले भने ।पार्टी एकता जोगाउन आग्रह गर्दा माधव नेपालले हप्काएर पठाएपछि रावलले सांसद पदबाट राजीनामा दिएको अध्यक्ष ओलीले बताए ।
‘भीम रावलहरुले देउवालाई विश्वासको मत नहालौं, पार्टी एकताबद्ध बनाऔं भन्दा म विधि, निर्णय मान्दिनँ एक्लै भएपनि भोट हाल्छु भनेर हप्काएर पठाए’, ओलीको भनाइ थियो ।१० बुँदे सहमति माधव नेपालले स्वीकार नगरेको अध्यक्ष ओलीले बताए । ‘हामीले १० बुँदे सहमति स्वीकार गर्यौं ।
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्नुभएको छ ।एमालेकै वरिष्ठ नेता माधव नेपाल शुरुदेखि नै आफ्नै अध्यक्षले नेतृत्व गरेको सरकारलाई ढालेर विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन लाग्नुभएको थियो र स्वभाविक रुपमा देउवा प्रधानमन्त्री बन्नुभयो ।देउवा सामान्य बहुमतको मात्रै होइन अधिकतम बहुमतको प्रधानमन्त्री बनिरहँदा कुण्ठा र बदलाको राजनीति गर्नेहरु सायद हर्षित भएको हुनुपर्छ ।
आफनै घरमा आगो लगाएर छिमेकीकोमा ओत खोज्ने र आफ्नै पार्टी समाप्त पारेर विपक्षीलाई सहयोग गर्ने यो प्रबृत्ति अवदेखि माधव प्रवृतिका रुपमा परिचित हुनेछ ।ओलीलाई सत्ताबाट विस्थापित गर्न माधव नेपाल सफल त हुनुभयो तर आफनो ५० औं बर्षको राजनीतिक जीवन र कम्युनिष्ट पार्टीको भविष्य नै समाप्त पार्नुभयो ।
त्यसो त देउवालाई विश्वासको मत दिनेहरुमा विगतमा ओलीलाई नै समर्थन गरेका र ओली मन्त्रिपरिषद्मा केही समय मन्त्री भएका व्यक्तिहरुपनि छन् ।तर तिनको राजनीतिक पृष्ठभुमि विचारको होइन, पद, शक्ति र पैसाको हो ।शक्ति र पैसाको खेलमा लाग्नेहरु जता आफ्नो भविष्य देख्छन त्यतै लाग्छन् ।
तिनलाई एमाले काँग्रेस माओवादी भन्नुको कुनै अर्थ रहदैन ।संसदीय राजनीतिमा पार्टी महत्वपुर्ण हुन्छ र पार्टीको निर्देशन, ह्वीप अनिवार्य हुन्छ तर केपी शर्मा ओलीबिरुद्ध अदालतसमेतको सेटिङ्गमा पार्टीबाट निर्वाचित सांसदहरुलाई ह्वीप नलाग्ने र पार्टी निर्देशन नमान्दापनि हुने खालको जुन फैसला आयो यी सवै त्यसकै प्रभावको परिणाम हुन् । स्रोत:ग्लोबल निउज
नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : 123456
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक :सन्तोष तामाङ्ग
प्रधान सम्पादक :भगवती शाही
प्रकाशक :रेशमा शाही
अफिसियल फोटोग्राफर :लक्ष्मण गुरुङ्ग
ग्राफिक डिजाइनर :धरम तामाङ्ग
प्रतिक्रिया दिनुहोस