नेकपा (एमाले) केन्द्रीय कमिटीको दसौँ बैठक बिहीबार सम्पन्न भएको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा तुलसीलाल स्मृति प्रतिष्ठान, च्यासल, ललितपुरमा बैठक बसेको थियो ।बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा २०७४ साल फागुन ३ गते गठित। सरकारले करिब ४१ महिना गर्दा संविधान पूर्ण कार्यान्वयनमा आएको ठहर गरेको छ ।
सङ्घीय संरचना संस्थागत र गतिशील भएको छ । पृथकतावाद र हिंसामा सङ्लग्न विभिन्न समूहहरुलाई राष्ट्रिय अखण्डता । संवैधानिक दायरा र शान्तिपूर्ण राजनीतिको मूलप्रवाहमा समाहित गरिएको छ । यसरी राजनीतिक द्वन्द्वको अन्त्य एवं दिगो शान्ति स्थापना गर्ने काममा ऐतिहासिक सफलता प्राप्त भएको बैठकको निष्कर्ष छ । त्यस्तै बैठकले ओली सरकारको नेतृत्वमा सरकारको नेपालको वाह्य सम्बन्ध सशक्त र प्रभावकारी भएको छ ।
बैठकले अदालतको परमादेशका कारण पार्टी सरकारबाट बाहिरिनु परेको वर्तमान स्थिति। पार्टीकै कतिपय नेता तथा सांसदहरु आफ्नो नेतृत्वको सरकारलाई विस्थापित गरेर। वि’पक्षीलाई सरकार बनाउन प्रयोग भएको अवस्था र यसले पार्टीको एकतामा पारेको प्रतिकूल। प्रभावलाई अस्थायी परिघ’टनाका रुपमा विश्लेषण गरेको छ ।हाम्रो पार्टी जन्मकालदेखि नै यस्ता ष’ड्यन्त्र, ध’क्का र अन्तरघा’तहरुको सामना गर्दै । अगाडि बढेको पार्टी भएको र हरेक प्रतिकूलतालाई चिर्दै नयाँ–नयाँ सफलता र उचाइ हासिल गर्दै। आएको ऐतिहासिक यथार्थलाई स्मरण गर्दै बैठकले सिङ्गो पार्टीपङ्क्तिलाई अविचलित रुपमा। र उच्च मनोबलका साथ अगाडि बढ्न आह्वान गरेको छ,’ पार्टीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
नेकपा (एमाले) नेतृत्वको सरकारका सम्बन्धमा बैठकले निम्नानुसारको निष्कर्षसहित विशेष प्रस्ताव पारित गरेको छ–
पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा २०७४ साल फागुन ३ गते गठित सरकारले करिब ४१ महिना पूरा गरेर। सर्वोच्च अदालतको २०७८ असार २८ गतेको परमादेशबाट २०७८ असार २९ गते बहिर्गमन भएको छ । यस अवधिमा सरकारको नेतृत्वमा संविधान पूर्ण कार्यान्वयनमा आएको छ । सङ्घीय संरचना संस्थागत र गतिशील भएको छ ।
पृथकतावाद र हिंसामा सङ्लग्न विभिन्न समूहहरुलाई राष्ट्रिय अखण्डता। संवैधानिक दायरा र शान्तिपूर्ण राजनीतिको मूलप्रवाहमा समाहित गरिएको छ । यसरी राजनीतिक द्व’न्द्वको अन्त्य एवं दिगो शान्ति स्थापना गर्ने काममा ऐतिहासिक सफलता प्राप्त भएको छ । संविधानसँग असहमत पक्षहरुलाई संविधानको पक्षमा उभ्याउँदै। संविधानलाई सर्वस्वीकार्य बनाउने काम सम्पन्न भएको छ ।
श्रमजीवी, भूमिहीन तथा सुकुम्बासी, हिं’सा र ए’सिड आ’क्रमणबाट पी’डित महिला। विद्यालयबाहिर रहेका बालबालिका, सडक मानव, ज्येष्ठ नागरिक लगायतलाई सम्वोधन गर्दै सामाजिक न्याय। र सामाजिक सुरक्षाका क्षेत्रमा दूरगामी महत्वका काम भएका छन् । स्वास्थ्य क्षेत्रमा युगान्तकारी कामको थालनी भएको छ ।
नयाँ शिक्षा नीति जारी गरिएको छ । भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुका समस्याको दिगो र शीघ्र समाधान गर्न ठोस काम सुरु भएको छ । मुलुकहरु भूगोल,जनसङ्ख्या या अन्य सूचकमा साना या ठूला हुन सक्छन्। तर उनीहरुको सार्वभौमसत्ता र राष्ट्रिय स्वाभिमान बराबरी हुन्छ। भन्ने मान्यतालाई स्थापित गर्दै छिमेक लगायत वाह्य सम्बन्धमा। सार्वभौम समानताको सिद्धान्त दृढतापूर्वक स्थापित भएको छ । पारवहन सन्धी, प्रोटोकल र व्यापक कनेक्टिभिटीका माध्यमबाट । नेपाललाई भूपरिवेष्ठित अवस्थाबाट भूजडित अवस्थामा विकसित गरिएको छ ।
नेपालको गु’मेको भूभाग समेटेर नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा प्रकाशन गरिएको छ । यसलाई संविधानमा प्रतिविम्बित गर्न अभूतपूर्व राष्ट्रिय सहमतिका साथ संविधान संशोधन गरिएको छ । नेपालको वाह्य सम्बन्ध सशक्त र प्रभावकारी भएको छ । भूकम्पपछिको पुनर्निर्माणका काम मूलतः सम्पन्न भएका छन् ।
कोभिड महामारीको प्रभावकारी सामना गर्दै नागरिकहरुलाई कोभिड विरुद्धको खोप सुनिश्चित गरिएको छ । रुपान्तरणकारी तथा रणनीतिक महत्वका विकास निर्माणका काम सम्पन्न गरिएका छन्÷सुरु गरिएका छन् । मुलुक अल्पविकसित अवस्थाबाट विकासोन्मुख मुलुकका रुपमा स्तरोन्नतिका लागि तयार भएको छ ।
सारमा, समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने दिशामा उल्लेखनीय कामहरु भएका छन् । प्रारम्भदेखि नै पार्टीभित्र तथा बाहिरबाट सिर्जित असहयोग, घेराबन्दी तथा षडयन्त्रहरुका बाबजुद हासिल गरिएका यी उपलव्धिहरु ऐतिहासिक महत्वका छन् । यी उपलव्धि र सफलताका लागि पार्टी अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली । र उहाँ नेतृत्वको सरकारलाई पार्टी धन्यवाद ज्ञापन गर्दछ ।
५. सर्वोच्च अदालतको परमादेशसँगै हाम्रो पार्टी राष्ट्रिय राजनीतिको प्रमुख प्रतिपक्षी शक्तिको नयाँ भूमिकामा पुगेकोछ । यस भूमिकालाई प्रभावकारी रुपमा सञ्चालन गर्न बैठकले पार्टीको आगामी भूमिका र कार्यभारका सम्बन्धमा देहाय बमोजिमको विशेष प्रस्ताव पारित गरेको छ–स्रोत;रातोपाटि
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस