काठमाडौं । नेकपा एमालेका नेता रामबहादुर थापा बादल र नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्दबीच शनिबार भेटवार्ता भएको छ ।पूर्वमाओवादी नेता बादललाई भेट्न विप्लव उनको निवासमा पुगेका थिए । भेटमा विप्लव समूहका नेताहरु खड्गबहादुर विश्वकर्मा र सन्तोष बुढामगर पनि सहभागी थिए ।
उनीहरुबीच भएको कुराकानीको विषय सार्वजनिक गरिएको छैन । बादल र विप्लव विगतमा सँगै स’शस्त्र यु’द्धमा सहभागी भएका थिए । तत्कालिन नेकपा माओवादीबाट मोहन वैद्य समूह अलग हुँदा बादल र विप्लव दुवैले वैद्यलाई साथ दिएका थिए ।
तर त्यसको एक वर्ष नपुग्दै विप्लवले अर्को पार्टी गठन गरेर गए भने बादल नेकपा माओवादी केन्द्रमा फर्किए । हाल बादलले माओवादी केन्द्र पनि छाडेर नेकपा एमालेमा रहेका छन् ।स्रोत :अनलाइनखबर
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस