काठमाडौं। हुँदै नभएको ह त्याको आ रोपमा २१ वर्षसम्म जे लमा राखिएका एक शिक्षक रिहा भएका छन् । उनले ह त्या गरेको भनिएका मानिस २१ वर्षपछि जिउँदै भेटिएपछि ती शिक्षकलाई रिहा गरिएको हो । ती शिक्षकलाई मेक्सिकोको जेलमा राखिएको थियो । हालै उनले मा रेको भनिएका व्यक्ति अमेरिकामा जीवितै भेटिएका थिए ।द सनका अनुसार निर्दोष भएर पनि जेलमा राखिएका शिक्षक म्यानुएल भाल्दोभिनसले कानुनको कार्यान्वयनमा गम्भीर त्रु टि हुँदा पनि अझैसम्म मेक्सिकोका अधिकारीहरुले आफूसँग माफी न मागेको बताएका छन् । सन् २००० मा मेक्सिकोको टेक्सकोकोमा शिक्षक रहेका भाल्दोभिनसलाई म्यानुएल मार्टिनेज एलिजाल्देको ह त्या आ रोपमा प क्राउ गरिएको थियो । र, अधिकारीहरुले उनले अ पराध स्वीकार गरेको बताएका थिए ।
भाल्दोभिनसलाई ४१ वर्षको जेल स जाय सुनाइएको थियो । २१ वर्षपछि उनले मा रेको भनिएका पी डित अमेरिकामा जीवितै भेटिएपछि उनलाई गत हप्ता रिहा गरिएको हो । भाल्दोभिनसले सधैं आफू निर्दोष भएको र आफूलाई गर्दै नगरेको अ पराध स्वीकार गर्नको लागि पुलिसले कु टपिट गरेको र या तना दिएको बताउँदै आएका थिए । स्थानीय रिपोर्टका अनुसार भाल्दोभिनसलाई पुलिसले प क्राउ गरेपछि एउटा गोदाममा सिक्रीले बाँधेर झ ण्ड्याएर कु टपिट, विजुलीको झट्का दिएको र चोट नदेखियोस् भनेर बरफ पानीको जारमा राखेको थियो ।
२००६ मा मेक्सिकोको एक अदालतले भाल्दोभिनसलाई दो षी ठहर गर्न अदालतमा पेश गरिएको शव एलिजाल्देको नभएको डिएनए रिपोर्टका आधारमा ठहर गरेको थियो । यी संगीत शिक्षकले आफू जे लमा रहँदा आफूले कानुनी सहायताको अभावमा स्वतन्त्रता खोसिएका अरु कैयौं मानिस पनि भेटेको बताएका छन् । केसको पुनरावलोकनपछि एक न्यायिक समितिले भाल्दोभिनसलाई तत्काल रिहा गर्न आदेश दिएको थियो । उनले गैरन्यायिक रुपमा थुनामा राखिएको विरुद्ध क्षतिपूर्तिको माग गर्छन् वा गर्दैनन् भन्ने स्पष्ट भएको छैन ।
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस