पटकपटक एमाले एकता भाडिदैँ आएको छ । केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि एमालेले देउवा सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको थियो ।तर सो निर्णय लत्याउदैँ नेता नेपाल अघि बढेका छन् । आफ्नै पार्टीको सरकार ढालेर नेता नेपालले देउवा सरकारलाई विश्वासको मत मात्रै हैन् सरकारमै सहभागी हुने अन्तिम तयारी कुरा बाहिरिएको र उनको तर्फबाट मन्त्री बन्नेको नामावाली देउवाको हातमा समेत पुगेको स्रोतको दाबी छ ।नेपाल समूहले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने संकेत यसअघि नै देखाइसकेको थियो ।
प्रधानमन्त्रीको सपथ खाए लगत्तै शेरबहादुर देउवाले माधव कुमार नेपाललाई उनको निवासमा भेटेर आफूलाई साथ दिए भने अनुसार मन्त्रालय दिने वाचा गरेका थिए । त्यहि अनुरुप अहिले माधव नेपालले आफ्नो समूहबाट को को मन्त्री बनाउने भनेर लिस्ट देउवालाई बुझाएका छन् ।बालुवाटार श्रोतका अनुसार माधव कुमार नेपालले ७ जना नेताहरुको नाम पठाएका छन् । सोम प्रसाद पाण्डे, मेटमणी चौधरी, रामकुमारी झाँक्री, जीवन राम श्रेष्ठ, विरोध खतिवडा, यज्ञ राज सुनवार र बेदुराम भूषालको नाम माधव नेपालले देउवालाई पठाएका छन् । यी ७ बाट देउवाले ५ वा ६ जनालाई मात्र मन्त्री बनाउने तयारी गरिएको बुझिएको छ ।देउवालाई जसरी पनि विश्वासको मत पाउनु पर्ने वाध्यताले माधव नेपालले पठाएको लिस्टका नेताहरुलाई मन्त्री बनाउन राजी भएका छन् ।देउवा निकट एक नेताका अनुसार माधव नेपालले पठाएको नाम मध्य एक दुई जनामा देउवा खुशी छैनन्त र माधव नेपाललाई फकाउन भएपनि राजी भएका हुन् ।माधव नेपाल समूहका अरु नेताहरु भने अहिले देउवा सरकारमा जान हतार हतार नाम दिएकामा रुष्ट भएका छन् ।एमालेका अध्यक्ष केपी ओलीसंग वार्ता नगरि निष्कर्षमा पुगेर सरकारमा जान हतार गरेकोमा माधव नेपाल संग भीम रावलदेखि योगेश भट्टराई रुष्ट भएका छन् ।
नेकपा एमालेका नेता गोकूल बास्कोटाले समेत अहिले सामाजिक संजालमा स्ट्याटस लेख्दै देउवा सरकारको मन्त्री मण्डलमा नेपाली कांग्रेसबाट ९ जना,माधव नेपाल समूहबाट ६ जना, माओवादी केन्द्रबाट ५ जना र जसपाबाट ५ जना समावेश हुने गरि सम्झौता भएको कुरा उल्लेख गरेका छन् ।यता पार्टीभित्र सहमतिको प्रयास जारी रहेको समयमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल सत्ता गठबन्धनको बैठकमा सहभागी भएपछि उनीमाथि आक्रोश पोखिन थालेको छ ।असार २८ गते सर्वोच्च अदालतले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि सोही दिन साझ आफैले बैठक राखेर नेता नेपालले गठबन्धनबाट अलग्गिन चाहेको बताएका थिए ।असार २९ गते प्रधानमन्त्री शेरबहादुर देउवाको शपथ समारोहमा सहभागी भएका नेता नेपालले साउन ३ गते प्रतिनिधि सभा बैठकमा देउवालाई नै विश्वासको मत दिन गएका थिए । त्यसबाहेक सत्ता गठबन्धनको बैठकमा नेता नेपाल सहभागी भएका थिएनन् ।यसअघि असार ३० गते प्रधानमन्त्री कार्यालयमा आयोजित बैठकमा माधव नेपाल पक्षका नेता डा विजय पौडेल सहभागी भएका थिए ।सत्ता गठबन्धनको बैठकमा नेता नेपालको सहभागितालाई लिएर सहमति खोज्न सक्रिय नेपाल समूहकै दोस्रो तहका नेताले खिन्नता व्यक्त गरे । अनलाइन मार्गबाट
नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : 123456
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक :सन्तोष तामाङ्ग
प्रधान सम्पादक :भगवती शाही
प्रकाशक :रेशमा शाही
अफिसियल फोटोग्राफर :लक्ष्मण गुरुङ्ग
ग्राफिक डिजाइनर :धरम तामाङ्ग
प्रतिक्रिया दिनुहोस