नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमा परिवारवाद हाबी छ ।यसैबीच, प्रचण्डले बुहारी बिना मगरलाई मन्त्री बनाउने निश्कर्षमा पुगेपछि माओवादीभित्रै असन्तुष्टि बढेको छ ।अध्यक्ष प्रचण्डले बीनालाई मन्त्री बनाउने योजना बनाएसँगै माओवादीभित्र असन्तुष्टि बढेको एक नेताले बताए ।सिएम (अध्यक्ष प्रचण्ड) फेरि पनि बिना कमरेडलाई मन्त्री बनाउने निर्णयमा पुगेको देखिन्छ, यस्ले पार्टीभित्र ठूलै असन्तुष्टि बढेको छ,’ ती नेताले भने ।उनका अनुसार सांसद्हरुको एक समूहले बुहारी बीनालाई मन्त्री नबनाउन चेतावनी दिएका छन् । त्यसैगरी कृष्णबहादुर महरालाई पनि मन्त्री बनाइए ठिक नहुने चेतावनी उनीहरुले दिएका छन् ।यही चेतावनीपछि अध्यक्ष प्रचण्डले सार्वजनिक कार्यक्रममै सवै सांसदले मन्त्री मागेर तनाव दिएको अभिब्यक्ति दिनुपरेको ती नेताले बताए ।माओवादी स्रोतका अनुसार धर्मशिला चापागाईं, हरिबोल गजुरेल, अमनलाल मोदी, इन्दुकुमारी शर्मासहित एक दर्जन सांसदहरुले अध्यक्ष प्रचण्डलाई भेटेर बिना र महरालाई मन्त्री नबनाउन चेतावनी दिएका छन् ।
अध्यक्ष प्रचण्डले बिनालाई मन्त्री बनाउने चक्कर चलाउँदा मन्त्रिमण्डल विस्तारमा ढिलाई भएको माओवादी सांसद्हरुको बुझाई रहेको छ ।अध्यक्ष प्रचण्डले सुरुमै जनार्दन शर्मा र पम्फा भुषाललाई मन्त्रीमण्डलमा पठाइसकेका छन् । अब बुहारी बिना र महरालाई मन्त्रिमण्डलमा लैजाने उनको योजना रहेको छ ।प्रचण्डकी बुहारी बिना पहिले पनि मन्त्री थिइन् । पार्टीमा योगदान गरेका पूरानाहरुलाई पाखा लगाउँदै प्रचण्डले बुहारीलाई सांसद् बनाएका थिए ।त्यसपछि पहिलो रोजाईको रुपमा केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री बनाएका थिए ।मन्त्रिमण्डल बारम्बार पुनर्गठन हुँदा पनि बुहारी बिना अविच्छिन्न मन्त्री पदमा सुरक्षित रहेका थिए ।उता, कृष्णबहादुर महरा भने सभामुख थिए । संसदमै कार्यरत एक महिलासँगको लसपस काण्ड सार्वजनिक भएपछि महरा सिधै प्रहरी हिरासतमा पुग्नुपरेको थियो ।बिना र महराबिरुद्ध आफ्नै सांसद लागेपछि प्रचण्ड तनावमा पर्नुभएको र सवैले मन्त्री मागे भन्दै अपमान गरेको बताइएको छ ।स्रोतका अनुसार महरा र बिनालाई मन्त्री बनाउने पृष्ठभूमि बनाउनलाई नै प्रचण्डले ‘हाम्रो पार्टीका ४९ जनै सांसद्लाई मन्त्री पद चाहिएको छ’ भनेका हुन् । अनलाइन मार्गबाट
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस