वासिङ्टन डिसी-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभले लगाएको महाभियोग एक पक्षपातपूर्ण काम भएकोे सिनेटका एकजना रिपब्लिकन नेताले बताएका छन् ।
सिनेटमा रिपब्लिकनतर्फका नेता मिच मक्कनलले सो कुरा बताएका हुन् ।
उनले डेमोक्र्याटहरुको पहलमा आएको यो महाभियोगको प्रस्ताव अमेरिकाको राजनीतिक इतिहासमा सबैभन्दा धेरै हतार गरेर ल्याइएको प्रस्ताव भनेका छन् ।
साथै उनले यस कार्यलाई विपक्षीहरुले गरेको एउटा अनुचित काम भएको पनि भन्नुभएको समाचारमा जनाइएको छ ।
तल्लो सदन प्रतिनिधि सभामा डेमोक्र्याट पार्टीले नेतृत्व गरेको छ । तल्लो सदन प्रतिनिधि सभाले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध पक्षपातपूर्ण रुपमा तथा आक्रोशमा आएर यस्तो काम गरेको बताए ।
उनले यसरी राष्ट्रपतिका विरुद्धमा आक्रोस पोख्दा यस्ता कार्यले भविष्यका लागि पनि राम्रो नगर्ने बताए । तर डेमाक्र्याटका नेताहरुले भने राष्ट्रपतिका विरुद्धको यस महाभियोगको कदमको बचाउ गरिरहेका छन् ।
उता रिपब्लिकनका अरु पनि केही नेताहरुले अमेरिकका प्रजातान्त्रिक संस्थाहरूमा नै यस कदमले आगामी दिनमा क्षति पु¥याउन सक्ने जानकारी पनि गराएका प्राप्त समाचारमा जनाइएको छ ।
तर यो महाअभियोग सफल नहुने राष्ट्रपति ट्रम्पले बताउदै आएका छन् । उनको यो अभियोग अब त्यसबारेको सुनुवाइको सामनाका लागि माथिल्लो सदनमा जानेछ ।
सिनेटमा रिपब्लिकनहरूको बाहुल्यता रहेको छ । यस कारण पनि राष्ट्रपति ट्रम्पलाई शक्तिबाट हटाइन सक्ने कुनै पनि सम्भावना देखिँदैन ।
तर अमेरिकाको इतिहासमा सिनेटमा यस्तो अभियोगको सुनुवाइको सामना गर्नेमा राष्ट्रपति ट्रम्प तेस्रो राष्ट्रपति हुन् । उनले यस प्रक्रियालाई आफ्ना विरुद्धमा गरिएको एक किसिमको ठूलो छलकपट भएको मानेका छन् |
नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : 123456
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक :सन्तोष तामाङ्ग
प्रधान सम्पादक :भगवती शाही
प्रकाशक :रेशमा शाही
अफिसियल फोटोग्राफर :लक्ष्मण गुरुङ्ग
ग्राफिक डिजाइनर :धरम तामाङ्ग
प्रतिक्रिया दिनुहोस