अंकित मूल्य एक सय रूपैयाँमै पाइने आइपीओमा पछिल्लो समय सर्वसाधारणको आकर्षण बढ्दो छ । यसअघि खुलेका कम्पनीमा परेको आवेदनले पनि यसलाई पुष्टि गरेको छ ।
अझ कम्पनीहरुले जारी गर्ने साधारण सेयरमा त २१ लाखसम्मले आवेदन दिन थालेका छन् । यद्यपि यो संख्या दोस्रो बजारमा भने ६ लाखको हाराहारीमा छ । सानो लगानीमा पनि राम्रो मुनाफा आर्जन गर्न सक्ने भएकाले पछिल्लो एक वर्षमा यो संख्या उल्लेख्य रुपमा बढेको हो ।
पुँजी बजारमा नयाँ कम्पनी थपिने क्रमले यस आर्थिक वर्षमा पनि निरन्तरता पाउने भएको छ । गत वर्ष जस्तै यस वर्ष पनि नेपालको आइपीओ मार्केट उत्साहजनक देखिने अनुमान गर्न सकिन्छ ।
नेपाल धितोपत्र बोर्डमा अहिले आइपीओ अनुमति माग्ने कम्पनीहरुको संख्या १७ पुगेको छ । यस्तै, ४ कम्पनीले अनुमति पाएर निष्कासन गर्ने तयारीमा देखिएका छन् ।
धितोपत्र बोर्डको पाइपलाइनमा रहेका १७ कम्पनीले कुल ५ अर्ब ३ करोड ७२ लाख ५४ हजार ८०० रुपैयाँ बराबरको आइपीओ निष्कासन अनुमति मागेका छन् ।
यी सबै कम्पनीको आइपीओलाई बोर्डले अनुमति दिएमा बजारमा कुल ५ करोड ३ लाख ७२ हजार ५४८ कित्ता सेयर थपिनेछ ।
धितोपत्र बोर्डमा आइपीओ निष्कासनका लागि अनुमति माग्नेमा अधिकांश कम्पनीहरु जलविद्युत समूहका रहेका छन् । यता, मैलुङ खोला जलविद्युत कम्पनी, सानिमा लाइफ इन्सुरेन्स, मानुषी लघुवित्त र सामलिङ पावरले आइपीओ बिक्री गर्नका लागि धितोपत्र बोर्डबाट अनुमति पाइसकेका छन् ।
यसमध्ये, मैलुङ खोलाले साउन १४ गतेदेखि सर्वसाधारणलाई आइपीओ बिक्री गर्ने आह्वानपत्र जारी गरेको छ । यसैगरी, पाइपलाइनमा रहेका र बोर्डले अनुमति दिएका बाहेक पहिल्यै अनुमति पाएका कम्पनीले पनि सर्वसाधारणलाई आइपीओ बिक्री गर्न बाँकी छ ।
हाल मध्य भोटेकोशी जलविद्युत र तेह्रथुम पावर कम्पनीले आयोजना प्रभावितलाई आइपीओ बिक्री गरिरहेका छन् । यी कम्पनीहरुले स्थानीयलाई बिक्री गरिसकेपछि सर्वसाधारणलाई आइपीओ जारी गर्नेछन् ।
हाल मध्य भोटेकोशीले सिन्धुपाल्चोकका आयोजना प्रभावित स्थानीयलाई ६० लाख कित्ता र तेह्रथुम पावरले तेह्रथुम जिल्लाका स्थानीयलाई ४ लाख कित्ता आइपीओ बिक्री गरिरहेका छन् ।
भोटेकोशीले सर्वसाधारणलाई ९० लाख कित्ता आइपीओ छुट्याएको छ ।
स्थानीयले माग अनुसार आवेदन नदिएमा भने बाँकी रहेको सेयर सर्वसाधारणलाई थप हुनेछ । यस्तै, तेह्रथुमले सर्वसाधारणका लागि ८ लाख कित्ता सेयर छुट्याएको छ ।
६ बीमा कम्पनीको आइपीओ आउँदै
यस्तै ६ वटा बीमा कम्पनीको आइपीओ आउने तयारीमा रहेको छ । बीमा समितिले एकैपटक १० जीवन बीमा कम्पनीलाई सञ्चालन अनुमति दिएको थियो । तीमध्ये ४ वटा कम्पनीले आइपीओ जारी गरिसकेका छन् भने अब ६ वटा कम्पनीको आइपीओ निष्कासनको प्रक्रियामा रहेको छ ।
आइपीओ ल्याउने तयारीमा रहेका बीमा कम्पनीहरुमा रिलायबल नेपाल, सिटिजन लाइफ, महालक्ष्मी लाइफ इन्सुरेन्स, रिलायबल नेपाल, सानिमा लाइफ, महालक्ष्मी लाइफ र सन नेपाल लाइफ रहेका छन् ।bankingkhabar.com
नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : 123456
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक :सन्तोष तामाङ्ग
प्रधान सम्पादक :भगवती शाही
प्रकाशक :रेशमा शाही
अफिसियल फोटोग्राफर :लक्ष्मण गुरुङ्ग
ग्राफिक डिजाइनर :धरम तामाङ्ग
प्रतिक्रिया दिनुहोस