त्रिभुवन विश्वविद्यालय स्नातक तह प्रथम बर्षको आज दोस्रो दिनको परीक्षा सुरु भएको एक घण्टा नबित्दै सामाजिक सञ्जालभर प्रश्नपत्र बाहिरिएपछि विद्यार्थीहरुले विश्वविद्यालयको आलोचना गरेका छन् । सोमबार बिहान ७ बजेदेखि सुरु भएको बिबिएस प्रथम बर्षको ‘अकाउन्टिंग फर फाइनान्सियल एनालाइसिस एण्ड प्लानिंग’ बिषयको परीक्षाको तस्बिर बिहान ८ बजे अगावै सामाजिक सञ्जालमा भाइरल भएको हो ।
कतिपयले फोटोमा देखिएको रोल नं ५५१० पत्ता लगाई छानबिन गर्न माग गरेका छन् । कतिपयले विद्यार्थी १ घण्टा परीक्षा हलमा बसेको र बाहिर गएपछि प्रश्नपत्र सार्वजनिक गरेको हुनसक्ने विचार राखेका छन् ।तर, प्रश्नपत्र परीक्षा हलमै खिचिएको देखिन्छ किनकी त्यहाँ उत्तरपुस्तिका र रोल नम्बर प्रष्ट देखिन्छ । परीक्षा सुरु भएको एक घण्टा नबित्दै सामाजिक सञ्जालमा प्रश्नपत्र कसरी भाइरल भयो ? त्रिविमाथि प्रश्न उठेको छ ।
नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : 123456
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक :सन्तोष तामाङ्ग
प्रधान सम्पादक :भगवती शाही
प्रकाशक :रेशमा शाही
अफिसियल फोटोग्राफर :लक्ष्मण गुरुङ्ग
ग्राफिक डिजाइनर :धरम तामाङ्ग
प्रतिक्रिया दिनुहोस