१२ साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ । निर्वाचन आयोगले आधिकारिकता दिएपछि अध्यक्ष उपेन्द्र यादवले बैठक बोलाएका हुन् ।दिउँसो दुई बजे पार्टी कार्यालय बालकुमारीमा बोलाइएको बैठकमा पार्टीको आगामी रणनीति, सरकारमा सहभागीता लगायतका विषयमा छलफल हुने एक नेताले जानकारी दिए ।अर्का अध्यक्ष महन्थ ठाकुर पक्ष भने आजको बैठकमा सहभागी नहुने भएको छ । ठाकुर पक्षका नेता लक्ष्मणलाल कर्णले बैठकबारे आफूहरुलाई जानकारी नभएकाले नजाने बताए ।५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिमा यादव पक्षमा ३४ जना सदस्य देखिएपछि आयोगले सोमबार यादव पक्षलाई नै आधिकारिकता दिएको थियो ।
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस