नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दौडधुपको रहस्य खुलेको छ । उनको सक्रियता ले नेकपा एमाले सशंकित मंगलबार बिहानैदेखि उनले राजनीतिक भेटघाटलाई तीव्र पारेका छन् ।प्रचण्डले मंगलबार बिहान सुरुमा एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई कोटेश्वरमा भेटे । त्यसपछि उनी सिधै बालुवाटार पुगेका थिए ।प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाबीच बालुवाटारमा भेटवार्ता भएको थियो । भेटवार्तामा मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल भएको बताइए पनि भित्री तयारी भने अर्कै रहेको बुझिएको छ ।प्रचण्डले प्रधानमन्त्री देउवापछि सभामुख अग्निप्रसाद सापकोटालाई भेटेका थिए । उनले सभामु्खलाई भेटेपछि अनेकथरी अड्कलबाजी लगाइएको छ ।
कतै आजै बस्ने प्रतिनिधिसभा बैठकमा राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश आउन लागेको त होइन भन्ने आशंका गरिएको छ ।स्रोतका अनुसार महन्थ ठाकुर र राजेन्द्र महतोहरूलाई सजिलो बनाइदिन अध्यादेश ल्याउन लागिएको हो । निर्वाचन आयोगले जसपाको आधिकारिकता उपेन्द्र यादव समूहलाई दिएपछि ठाकुर र महतोलाई नयाँ पार्टी गठन गर्न आयोगले मौका दिएको छ ।त्यसैले संसदीय दल वा केन्द्रीय समितिमा २५ प्रतिशत लिएर छुट्टै दल गठन गर्न सकिने अध्यादेश ल्याउन लागिएको हो । संविधानमा केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत लिएर नयाँ दल गठन गर्न सकिने विद्यमान व्यवस्था छ । अनलाइन मार्गबाट
नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : 123456
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक :सन्तोष तामाङ्ग
प्रधान सम्पादक :भगवती शाही
प्रकाशक :रेशमा शाही
अफिसियल फोटोग्राफर :लक्ष्मण गुरुङ्ग
ग्राफिक डिजाइनर :धरम तामाङ्ग
प्रतिक्रिया दिनुहोस