शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको आज १५ दिन भएको छ । ओलीको सरकार ढा ल्नका लागि बनेको ५ दलीय गठ बन्धनको भविष्यको विषयलाई लिएर विभिन्न अनुमान लगाउन थालिएको छ तर ती पार्टीका नेताहरुले भने आगामी संसदीय निर्वाचनसम्म नै गठबन्धनलाई टिकाइराख्ने बताएका छन् ।गठबन्धनको सक्रियतामा नै संविधानमाथि पटकपटक प्र हार गर्दै पार्टीमा समेत है कम जमाएका ओलीलाई प्रधानमन्त्रीबाट हटाइएको छ तर अबको सरकार कसरी अघि बढ्ला भन्ने टुंगो छैन । देउवाले असार २९ गते आफूबाहेक कांग्रेसका दुइजना र नेकपा (माओवादी केन्द्र) का दुइजनालाई मन्त्री बनाएर सरकारको नेतृत्व गरेका थिए । अझैसम्म पनि थप मन्त्री चयन गर्न सत्ता गठबन्धनले सकेको छैन ।
देउवाले आइतबार आफ्नो पार्टी र गठबन्धनसँग पनि सल्लाह नै नगरी स्वास्थ्य राज्यमन्त्रीमा शैक्षिक संस्था चलाउँदै आएका लिटिल एन्लेज्स स्कुलका साहु उमेश श्रेष्ठलाई नियुक्ति गरेपछि देउवामाथि पनि अनेक प्रश्न उठेको छ । श्रेष्ठ कांग्रेसका समानुपातिक सांसद हुन् । राजनीतिक व्यक्तिलाई पाखा लगाउँदै राजनीतिमा कुनै योगदान नै नभएका उनलाई मन्त्री बनाइएकोमा जनता मात्र होइन कांग्रेसी पनि सन्तुष्ट छैनन् । श्रेष्ठलाई मन्त्री किन बनाउनुप¥यो भनेर न त देउवाले पार्टीमा स्पष्ट पारेका छन् न त गठबन्धनलाई नै ।सरकारले न्यूनतम साझा कार्यक्रम ल्याउने तयारी गरे पनि त्यसमा पनि अलमल छ । मन्त्रीमण्डल विस्तारमा जति ढिलो भयो त्यति नै आकांक्षीको संख्या पनि बढ्ने भएकाले गठबन्धनलाई अबको राजनीति त्यति सजिलो छैन । पैसा धेरै कमाई हुने र ठेक्कापट्टा बढी गर्न सकिने मन्त्रालय नै सबैको रोजाइमा पर्ने गरेको छ । गृह, अर्थ, उर्जा मन्त्रालय यसका केही उदाहरण हुन्, यसमा मन्त्री बनाइसकिएको छ । त्यस्तै भौतिक पूर्वाधार, उद्योग वाणिज्य, श्रम तथा रोजगार मन्त्रालयमा पनि धेरैको आकर्षण हुने गरेको छ । मन्त्री भएर जनताको काम गर्छु र देशलाई सही बाटोमा लान्छु भन्नुभन्दा पनि कसरी पैसा कमाएर आफ्नो सात पुस्तासम्मलाई पुग्ने गरी जोड्न सकिन्छ भन्नेमा सबैको नजर जाने गरेको छ ।
कांग्रेसमा धेरैवटा गुट रहेकाले पनि देउवाले ती सबै गुटको प्रतिनिधित्व गराउन खाजेका छन् । तर गुटभित्र पनि मन्त्री बन्न चाहनेको संख्या बढी भएकाले अहिलेसम्म को को मन्त्री बन्ने भन्ने अझै टुंगो लागेको छैन । देउवाले नै पार्टीभित्र ४० प्रतिशत भाग खोजेर भागवण्डाको राजनीति गर्न पार्टीलाई सिकाएका थिए, अहिले उनलाई यही घाँडो भएको छ । केही दिनअघि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीमा रहेका प्रतिनिधिसभाका ४९ जना सांसदले नै मन्त्री बन्ने ईच्छा राखेकाले आफूलाई मन्त्री छान्न समस्या भएको र त्यही कारणले टाउको दुखेको बताएका थिए । माओवादीले नयाँलाई पनि मन्त्रीमा अवसर दिने जनाएको छ । अहिले माओवादीबाट मन्त्री भएका अर्थमन्त्री जनार्दन शर्मा र उर्जामन्त्री पम्फा भुसाल पुरानै अनुहार हुन् ।
उता मंगलवार मात्रै पार्टीको आधिकारिकता पाएको जनता समाजवादी पार्टीको अध्यक्षमा उपेन्द्र यादव रहेका छन् । पार्टीमा देखिएको विवादको टुंगो लागेपछि उसले पनि मन्त्रीमण्डलमा सहभागिता जनाउने भएको छ । त्यो पार्टीमा पनि मन्त्री बन्नेको लर्को नै छ । संविधानले २५ जनामात्र मन्त्री बनाउन पाइने व्यवस्था गरेपछि सबै पार्टी र सरकार समस्यामा परेका हुन् । मन्त्रीको लडाइले पहिलोपटकमा गठबन्धनमा धक्का लागने सम्भावना छ । उता अर्कोतिर प्रधानमन्त्री देउवाले अमेरिकी सहयोग परियोजना (एमसिसी) पास गराइ छाड्ने भन्दै आएका छन् । जस्ताको त्यस्तै पास गर्ने कि संशोधन गर्ने भन्ने विषय पनि अन्यौलमा छ । यहाँ पनि स्वार्थी समूहको एउटै दृष्टिकोण नहुन सक्छ । विस्तारै एकपछि अर्को समस्या थपिँदै गयो भने गठबन्धन नै धरापमा पर्ने खतरा पनि औंल्याइएको छ ।
कुनै कारणवश माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लियो भने अहिलेको अवस्थामा सरकार ढल्न सक्छ । सरकारलाई दिएको समर्थन फिर्ता लिन पाइने भए पनि सरकार वि रुद्ध अविश्वासको प्रस्ताव राख्न भने तत्काल पाइनै छैन । सरकार अल्मपतमा परेर देउवाले संसदबाट विश्वासको मत लिन नसके प्रतिनिधिसभा भंग गरेर नयाँ निर्वाचनमा जानुको विकल्प पनि छैन ।त्यतिबेलासम्म गठबन्धनको स्वरुप नै बदलिइसकेको हुनाले त्यसबाट क– कसलाई खतरा हुन्छ भन्ने अहिले नै सहजै अनुमान लगाउन सकिन्छ । देउवा हिजो ४ पटकसम्म प्रधानमन्त्री भइसकेकाले पनि आलोचित भएका छन् । कहिले संसदलाई राजालाई बुझाएको त कहिले अयोग्य भएको आ रोप उनमा छ ।हिजोको दिनमा नेकपाको एकलौटी सरकार हुँदा पनि काम गर्न नसकेकाले कम्युनिष्टप्रति नै अनेक प्रश्न गरिएको छ भने त्यसपछि एमालेका नेता केपी शर्मा ओली पनि वि वादबाट अछुतो हुन सकेनन् ।देउवाले सबै पार्टीको चित्त बुझाउने गरी काम गर्नुपर्ने भएकाले कसरी गर्न सक्लान् भन्ने शं का गरिएको छ । गठबन्धन आउने निर्वाचनसम्म पनि कुनै अप्रिय घटना नभएर सँगै गयो भने पनि उम्मेदवार छान्ने र क्षेत्र भाग वण्डा गर्ने कुराले आन्तरिक द्ध न्द्ध बढ्ने निश्चित भएकाले देउवा प्रधानमन्त्री बनेदेखि नै चु नौ तीको चा ङमा छन् ।
नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : 123456
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक :सन्तोष तामाङ्ग
प्रधान सम्पादक :भगवती शाही
प्रकाशक :रेशमा शाही
अफिसियल फोटोग्राफर :लक्ष्मण गुरुङ्ग
ग्राफिक डिजाइनर :धरम तामाङ्ग
प्रतिक्रिया दिनुहोस