काठमाडौं । नेकपा एमालेमा एकताको पहल सफल नहुनुका कारणबारे पछिल्लो समय व्यापक चर्चा र आरोप प्रत्यारोप हुने गरेका छन् । अध्यक्ष केपी शर्मा ओली पछिल्लो पटक वरिष्ठ नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष बनाएर पार्टी एकता गर्न अघि सारेको प्रस्ताव माधवले अस्विकार गरेपछि एकतामा धक्का लागेको छ ।माधव पक्षका नेताहरु दोस्रो अध्यक्षमा लोभिन खोजेपनि माधवले ओलीको त्यो प्रस्ताव सिधै खारेज गरेपछि कुरो विग्रिएको माधव निकट नेताहरु बताउछन् ।
अन्तिमसम्म पार्टी एकताकै पक्षमा रहने बताउँदै आएका नेता नेपालले ओलीको त्यो प्रस्ताव ठाडै खारेज गर्नमा विभिन्न कारणहरु रहेका छन् । ओलीप्रति गुमेको विश्वास फिर्ता आउने वातावरण नभएपछि यस्तो अवस्थामा माधव पुगेको बताइन्छ ।किनकी माधवलाई ओलीको त्यो प्रस्ताव पनि ‘हरियो घाँस’ मात्रै हो भन्ने थाहा छ । सोमबार आफ्ना समूहका स्थायी कमिटी सदस्यहरूको बैठकमा यसबारे माधवले लामो सम्बोधन राखेका थिए । माधवले भनेका थिए– ‘केपीले अध्यक्ष दिन्छन्, खाउँला भनेर तपाईहरू मध्ये कोही जान चाहनुहुन्छ भने जानुस् । म चाहिँ जान्न । तर, प्रशासनिक र राजनीतिक अधिकार सहितको अध्यक्ष भएर जानुस् ।’ अनलाइन मार्गबाट
नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : 123456
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक :सन्तोष तामाङ्ग
प्रधान सम्पादक :भगवती शाही
प्रकाशक :रेशमा शाही
अफिसियल फोटोग्राफर :लक्ष्मण गुरुङ्ग
ग्राफिक डिजाइनर :धरम तामाङ्ग
प्रतिक्रिया दिनुहोस